काठमाडौँ । सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।
त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि निःशुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताए । विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य र जल अर्पण गरी सुरु गरिने छठ पूजा हेर्न नदी किनारामा मुस्लिम समुदायका मानिसहरुको समेत बाक्लो उपस्थिति रहने गरेको छ । उदयपुरको गाईघाटमा छठपर्व कुनै एक जात जाती, भाषाभाषी, कुनै धर्म विशेषको मात्र नभई समग्र सामाजिक एकताको प्रतीकका रुपमा विकसित हुँदै गएको अध्यक्ष साह बताउँछन् । छठ पूजाका लागि त्रियुगा नगरपालिकाले गाईघाट बजार नजिक भएर बहने त्रियुगा नदीकोे किनारमा घाट निर्माणका लागि आवश्यक सहयोग जुटाएको र यो घाट सम्भवतः कोशी प्रदेशकै उत्कृष्ट स्थलका रुपमा रहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताए ।
विष्णु पुराणमा उल्लेख भए अनुसार उदयपुरको त्रियुगा नदी धार्मिक महत्त्वको दृष्टिमा आफैँमा एक उत्कृष्ट नदी मानिन्छ । पश्चिमबाट पूर्वतर्फ सङ्लो सफा र प्रसस्त पानी बगिरहेको त्रियुगा नदी किनारमा गएर व्रत बस्न चाहनेले आफ्नो घाट सुरक्षित गर्न पूजा आयोजक समितिलाई तोकिए अनुसारको रकम तिरेपछि मात्रै घाट उपलब्ध गराइएको समितिका सचिव ललित नायकले बताउनुभयो । सूर्य देवताको पूजा आराधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।
त्रियुगा छठ पूजा व्यवस्थापन समितिले बत्ति, एम्बुलेन्स सेवा, सुरक्षा,स्वास्थ्य सेवा, जाडोका लागि निःशुल्क दाउरा र सूर्य देवताको मूर्तिसमेत रहने गरी भव्य रुपमा छठी माताको पूजा आराधनाका लागि पवित्र घाट निर्माणको काम सम्पन्न गरेको समितिका अध्यक्ष चन्दनकुमार साहले बताए ।
विगतमा कुनै समय तराई–मधेशमा मात्र छठ पर्व मनाउने गरे पनि आजभोलि उदयपुरको गाईघाट बजारमा रहेका पहाडे मूलका मानिसहरुले पनि यो पर्वलाई उत्तिकै निष्ठाका साथ मनाउँदै आएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य र जल अर्पण गरी सुरु गरिने छठ पूजा हेर्न नदी किनारामा मुस्लिम समुदायका मानिसहरुको समेत बाक्लो उपस्थिति रहने गरेको छ । उदयपुरको गाईघाटमा छठपर्व कुनै एक जात जाती, भाषाभाषी, कुनै धर्म विशेषको मात्र नभई समग्र सामाजिक एकताको प्रतीकका रुपमा विकसित हुँदै गएको अध्यक्ष साह बताउँछन् ।
छठ पूजाका लागि त्रियुगा नगरपालिकाले गाईघाट बजार नजिक भएर बहने त्रियुगा नदीकोे किनारमा घाट निर्माणका लागि आवश्यक सहयोग जुटाएको र यो घाट सम्भवतः कोशी प्रदेशकै उत्कृष्ट स्थलका रुपमा रहेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताए।
विष्णु पुराणमा उल्लेख भए अनुसार उदयपुरको त्रियुगा नदी धार्मिक महत्त्वको दृष्टिमा आफैँमा एक उत्कृष्ट नदी मानिन्छ । पश्चिमबाट पूर्वतर्फ सङ्लो सफा र प्रसस्त पानी बगिरहेको त्रियुगा नदी किनारमा गएर व्रत बस्न चाहनेले आफ्नो घाट सुरक्षित गर्न पूजा आयोजक समितिलाई तोकिए अनुसारको रकम तिरेपछि मात्रै घाट उपलब्ध गराइएको समितिका सचिव ललित नायकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






