तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ। आज लक्ष्मी पूजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७, गुण्डुमा किसानले एकसाता अगाडि ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजारसम्ममा बिक्री गरेका छन् ।
एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५, सङ्गम कोलोनी निवासी प्रकाश झाले बताउनुभयो । उहाँले आज एउटा सयपत्रीको माला एक हजार ५०० का दरले खरिद गरेको जानकारी दिए ।
राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताउए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० मा बिक्री गरेकोमा आइतबार ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताए।
खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० मा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिए । एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० मा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ मा बिक्री गरेकाले व्यापारीले १०० सम्ममा बिक्री गरेको बताए । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उएले बताए ।
गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० देखि ५०० सम्ममा बिक्री भएको बताए । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभोक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ । पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिए । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताए ।
गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खरिदमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिए।
बजारमा फूल र मालासँगै लक्ष्मी पूजाका लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० मा बिक्री हुँदै आएकोमा आज १५० सम्ममा बिक्री भएको र बिमिरो ३० मा बिक्री हुँदै आएकोमा आज १०० देखि १५० रूपियाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाइ मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







