काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले सञ्चालन गर्दै आएको एससिटी युनियन पे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।
यहि असोज २९, २०८२ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससिटी युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससिटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससिटी युनियन पे कार्ड र भिजा कार्ड जारी गर्ने तथा भिजा, रुपे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशकदेखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससिटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्युआर, स्मार्ट पेअन्तर बैंक भुक्तानी सेवा, स्मार्ट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






