काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म 'परान'ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आइतबार परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ।
कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।
कवि पराजुलीले सो मनोभावनालाई निम्न प्रकारले उधिनेका छन्।
''जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाइ छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।''
टिजरमा यी शब्दहरू फिल्मका प्रमुख कलाकार निर शाह मार्फत व्यक्त गर्दै मुख्य रुपमा फिल्माइएको छ।
उनीसँगै त्यहाँ मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । यो पोएटिक टिजरले दर्शकहरूलाई फिल्मको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।
टिजरले फिल्ममा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ ।
अतः सार्वजनिक टिचरबाट 'परान' फिल्म एउटा गतिलो पारिवारिक खुराक बन्ने स्पष्ट संकेत मिलेको छ। दिग्गज कलाकारहरूको अभिनय र विषयवस्तुका कारण यो फिल्म पारिवारिक दर्शकका लागि विशेष सिनेमा हुने सहजै अनुमान गर्न सकिन्छ।
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ। आचार्यको यो डेब्यु निर्देशन हो।
रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्।
देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। देशकै ठूलो व्यापारिक घरानियाको निर्माण रहेकाले पनि यो फिल्म धेरैको पर्खाइमा रहेको छ।
https://www.youtube.com/watch?v=wYPCu2eml9s&t=1s
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७० औँ बुद्धजयन्ती मनाइँदै
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः मौसम विभागले गर्यो सचेत रहन आग्रह
- सरकारले ल्याउने ६ अध्यादेश स्वार्थ समूहका लागि नभई नागरिकका लागि होः असीम साह
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने


ट्रेन्डिङ
खबरमुकाम







