काठमाडौं । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्न ७२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४२ वटा हिमाल आरोहण गर्नका लागि नेपालसहित ७२ देशका ८०२ जनाले अनुमति लिएका हुन् । विभागका निर्देशक लीलाधर अवस्थीले भने, “शरद् ऋतुमा हिमाल आरोहण गर्न शनिबारसम्म ८०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा बढी चीन, अमेरिका र बेलायतबाट रहेका छन् भने सबैभन्दा बढी आरोहीको आकर्षण मनासलु, हिमलुङ र मआदब्लम हिमालमा देखिएको छ ।”
आरोहण अनुमतिबापत १९ करोड १३ लाख ८९ हजार ४४२ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको उहाँले जानकारी दिए । यस वर्ष मनासलुमा आरोहणका लागि सबैभन्दा बढी ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ सङ्कलन भएको छ । शरद् ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने र सगरमाथा आरोहणको पूर्वतयारीका रूपमा मनासलु आरोहीको सर्वाधिक रोजाइमा पर्छ ।
विभागका अनुसार एक दशकभन्दा बढी समयदेखि शरद् ऋतुमा आरोहण हुन नसकेको सगरमाथामा यस पटक पनि आरोहण गर्न चार जनाले अनुमति लिएका छन् । सगरमाथामा सन् २०१० यता शरद् ऋतुमा आरोहण हुन सकेको छैन । सरकारले वर्षमा मार्च, अप्रिल र मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






