नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् ।
सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) ले आफ्ना अनुभव सुनाए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताका विविध पक्षमा प्रकाश पारेका थिए ।
सजन गौतमले सहजीकरण गरेको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरी जस्ता वक्ताहरूले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्त्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गरेका थिए ।
यसैबीच, साधारण सभाले फिन्ये अमेरिका च्याप्टरको २०२५- २०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षता सविन्द्र थापाले गरेका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारी र राम हरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की (र्यान), सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन् । त्यस्तै सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
