भदौ । भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६४ औंं स्थापना दिवसको सन्दर्भमा साहित्यिक र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा साहित्यकार कृष्णमोहन जोशीको ‘मुक्तिको लागि’ नामक कविता संग्रह विमोचन गरिएको छ । शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले साढे दुई दसकदेखि संकलित कवितालाई जोशीले खलःको ऐतिहासिक कार्यक्रममार्फत विमोचन गरेका हुन् ।
तात्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाउने क्रममा २०१८ सालमा न्ह्यज्या खलः गठन भएको थियो । न्ह्यज्या खलःले निरन्तर रुपमा भाषा, साहित्य, शिक्षा, सामाजिक र राजनीतिक चेतना जगाउने काम गर्दै आएको छ । विशेषगरी भक्तपुरका नागरिकहरुलाई यो संस्थाले सामाजिक उत्तरदायित्व बहन गराउँदै शैक्षिक जागरणमार्फत क्षेत्रगत विकासमा भूमिका निर्वाह गरेको छ । न्ह्यज्या खलः थिमिका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष बैकुण्ठ हरि साहु श्रेष्ठ हुन् ।
जिल्लामा न्ह्यज्या खलः जस्तै विराट नेपालभाषा साहित्य सम्मेलन गुठी तथा नेपालभाषा साहित्य तःमुँज्या पनि सक्रिय छ । त्यस मध्ये न्ह्यज्या खलः भन्दा विराट गुथि केहि दिन र तःमुँज्या १९ वर्ष कान्छो संस्था हो । यी संस्थाहरुले नेपालमा बोलिने मातृभाषा, साहित्यसँग सम्बन्धित यावत पक्षलाई सम्बद्र्धनमा टेवा पु¥याउँदै आएको छ ।
कार्यक्रममा नेपालभाषा एकेडमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार, साहित्यकारहरु डा. योगेन्द्र प्रधान, डा. जगदीश भण्डारी, मातृका पोखरेल, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, शहीद बैकुण्ठ हरि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत थुप्रै साहित्यकार, संगीतकार, पत्रकार तथा स्थानियबासीको सहभागिता थियो । जगत बहादुर श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रम दामोदर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । यो वर्ष २०८२ असोज ६ गते (नेपाल संवत् तिथि बमोजिम ११४५ कौलाथ्व पारु) सोमबार थिमिको यचु पार्टी भेन्यूमा कार्यक्रम सम्पन्न गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





