दसैँमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँनाच थारू बस्तीमा सुरु भएको छ । दसैँ आउनुअघि थारू समुदायले १२/१५ दिनअगाडिदेखि नै सख्या पैयाँनाच नाचेर दसैँलाई स्वागत गर्ने गर्दछ । स्थानीय युवा राजन चौधरीले घोराही उपमहानगरपालिका- ६, लख्वार गाउँलगायत अन्य गाउँमा पनि दसैँको नाच सुरु गरिएको जानकारी दिए ।
स्थानीय लोकमान चौधरीले दङ्गीशरण- ३, हेकुली गाउँमा पनि दसैँमा नाचिने नाचको तयारी भइरहेको बताए । उनले भने, “मादल तयार भएपछि एकरदुई दिनमा सख्या पैयाँनाच नाच्न सुरु गर्छौं ।” यसैबिच अन्य थारू बस्तीमा पनि दसैँका नाच नाच्ने तयारीमा युवा जुटिरहेको उनले जानकारी दिए । चौधरीका अनुसार एउटा गाउँमा सुरु भएपछि त्यसपछि वरिपरिका गाउँमा सख्यानाच नाच्न सुरु हुने गर्दछ ।
थारू समुदायले दिनभरिको काम सकाएर खानपिन गरेपछि राति ८ बजेदेखि गाउँको महटाँवाको घरको आँगनमा सख्या पैयाँनाच नाच्ने गर्दछ । दङ्गीशरण गाउँपालिका- ३, हेकुली गाउँकी सख्या पैयाँनाच टोलीकी अगुवा (मोह्रिन्या) सिरु चौधरीले दसैँको तीन दिनबाहेक थारू समुदायले रातिको समयमा सख्या पैयाँ नाच्ने गरेको जानकारी दिए ।
उनका अनुसार अविवाहित युवती (बठिन्या) थारू मौलिक वेशभूषामा सजिएर हातमा मञ्जिरा बजाउँदै एकै स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्डर्या) ले मादल बजाएर साथ दिन्छन् ।
उनले भने, “यो नाच विशेषतः लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।” सख्यानाच दुई समूह बनाएर नाचिन्छ । एउटा समूहको नेतृत्व मोह्रिन्या र अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् ।
सख्यानाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच महटाँवा, (बडघर) को आँगनमा नाचिन्छ । गाउँले टीका (सेतो टीका) अर्थात् नवमीको दिनदेखि बडादसैँको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ । करिब एक महिनासम्म नाचिने सख्यानाच भदौमा गरिने हा¥या गुरै पूजा सुरु भएदेखि बडादसैँपछि एक सातापछिसम्म सामूहिक रूपमा मादल र मञ्जिराको साथमा गीत गाउँदै नाच्ने गरेको महटाँवा महासङ्घ दाङका अध्यक्ष एवं थारू कल्याणकारिणी सभाका पूर्वअध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






