सर्लाही। सर्लाहीका बजारमा बुधबार बिहानैदेखि विश्वकर्मा पूजामा प्रयोग हुने सरसामग्रीको उल्लेख्य रुपमा व्यापार भइरहेको छ । जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती, बरहथवा, मलङ्गवा, हरिपुर, बयलवासलगायत प्रत्येक गाउँका बजारमा विश्वकर्मा पूजामा प्रयोग हुने सामग्रीको राम्रो व्यापार भइरहेको हो । विश्वकर्मा पूजामा सवारी साधन, कलकारखाना, उद्योग र मेशिनरी सरसामग्री रहने कार्यालयहरुमा विशेष पूजा गर्ने गरिन्छ ।
बजारमा बिहानैदेखि ध्वजा पतका, सयपत्री फूल तथा प्लाष्टिकका माला, मिठाई, केरा, स्याउ, नरिवल लगायतका फलफूलको राम्रो व्यापार भइरहेको व्यापारीले बताएका छन् । विश्वकर्मा पूजा सामग्री किन्नेहरुको भीडभाडले गर्दा बजारमा मानिसको चहलपहल पनि बढेको देखिन्छ ।
असोज सङ्क्रान्तिका दिन भएकाले प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले आज विश्वकर्माको पूजा- आराधना गर्ने गर्छन् । सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् ।
दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उहाँको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरू उहाँको पूजा- आराधना गर्छन् ।
पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठुला वास्तुविद् भएको उल्लेख छ । द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ ।
जनार्जन खत्री
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





