जिल्लाका ६ वटा पालिका प्रदर्शनकारीको निसानामा पर्दा नगर प्रमुख ताराकुमारी काजी महतोको सुझबुझका कारण माडी नगरपालिका भने जोगिएको छ । नगरपालिकाका ९ वटै वडा कार्यालयसहित सबै भवन र सम्पत्ति सुरक्षित छ ।
युवाहरू सडकमा आउने सूचना पाएलगत्तै नगर प्रमुख महतोले सर्वपक्षीय बैठक बोलाएर चलाखी गरिन् । उनले यसै पनि पछाडि परेको माडी आन्दोलनबाट हुने क्षतिबाट थप पछाडि पर्ने हुँदा भवन जोगाउने जुक्ति निकालिन् ।
आन्दोलनकारीका अगुवासँग फोन गर्दै माडीकै जनताको करबाट बनाएको नगरपालिकाको संरचना नजलाउन र तोडफोड नगर्न आग्रह गरिन् । पालिकामा आएका आन्दोलनकारीलाई कन्भिन्स गरिन् ।आन्दोलनकारीले उठाएका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाइन् ।
चारैतिरबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको माडीबाट भरतपुरसम्म आउने सडक राम्रो नहुँदा भोगिरहेको सास्तीलाई मुक्ति दिलाउन पालिकाले आवश्यक बजेट विनियोजन गरेर सडक स्तरोन्नति गर्ने सहमति भयो ।
नगर कार्यपालिका बैठक र नगरसभा तुरुन्तै राखेर माडी नगरको मर्मत सम्भार कोषको ५० लाख र ९ वटा वडाको पूँजीगत रकम गरी ५ करोड २५ लाख रुपैयाँमा भरतपुर जोड्ने निकुञ्ज भित्रको सडक चौडा गरी स्तरोन्नति गर्ने सहमति भएको नगर प्रमुख महतोले बताइन् । उनले माडीले देशमा नै नयाँ सन्देश दिएर पालिकामा भौतिक क्षति हुनबाट रोकेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






