धनगढी। सुदूरपश्चिम प्रदेशको थारू बस्तीमा मौलिक सखिया नाचको रौनक सुरु भएको छ । दसैँ नजिकिएसँगै थारू गाउँमा सखिया नाचको रौनक सुरु भएको हो । दसैँ, तिहारको बेला सखिया नाच नाच्ने चलन रहेको छ । चाडपर्वमा नाच देखाउनका लागि तयारीस्वरूप महिलाले सखिया नाच नाच्न थालेका हुन् । साँझपख भइरहेको सखिया नाचले थारू बस्ती रौनकमय बनेको छ । दसैँ नजिकिएपछि महिलाले सखिया नाच सुरु गरेको गोदावरी नगरपालिका–८, फकलपुरका माधव चौधरीले बताए ।
मादल र मिजुराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने गर्छन् । यो दसैँतिहारको अवसरमा थारू समुदायका महिलाले सामूहिक रूपमा नाच्ने परम्परागत नृत्य हो । यो नाचमा महिला सबैले एकनासको मौलिक वेशभूषा लगाएर नाच्ने गरेको जनाइएको छ । मादल बजाउने ‘मदरिया’ को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ ।
साथीसङ्गी मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारू समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्छन् । सखी सखी अर्थात् साथीहरू मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको बताइन्छ । सखिया नाच थारूसमुदायको मौलिक लोकनृत्य हो । खास गरी चाडपर्वमा सखिया नाच्ने गरे पनि हालका दिनमा विभिन्न कार्यक्रम, मेला, महोत्सवमा पनि यो नाच देखाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






