काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र गाउँतिर पठाउनु गौरवको विषय भएको बताए ।
राजधानीमा आयोजित अप्सरा गौतमद्वारा प्रकाशित ‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको विमोचन समारोहमा विशिष्ठ अतिथिको रुपमा बोल्दै सभामुख मण्डलले हिजोको दिनमा सिंहदरबारबाट नै नीति, नियम बन्ने र बजेट पनि बिनियोजन हुने तर अहिले सिंहदरबारको अधिकार प्रदेश र गाउँमा गएकाले त्यसलाई गाउँगाउँमा सिंहद्रबार भनिएको बताए ।
सभामुख मण्डलले संविधानमा उल्लेख गरिएका अधिकारलाई जनतामा बाँड्नुपर्ने बताए । उनले संविधान सबैको साझा भएकाले त्यसलाई सबैले स्विकार्नुपर्ने बताए । उनले कुनै दललाई आवश्यक परे दुई तिहाई ल्याएर संविधान संशोधन गर्न पनि सुझाव दिए ।
उनले केन्द्र र प्रदेशले अरुको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए । ‘संघले प्रदेशको र प्रदेशले अरुको अधिकार मिचेको छ’ सभामुख मण्डलले भने ‘संविधानमा साझा अधिकारको सूची छ तर केन्द्रले नै कानुन बनाइदिन्छ, यो मिचेको होइन र ? । उनले केन्द्रको अधिकार भत्काउन सकेमात्रै संघीयता कार्यान्वयनमा सहजता हुने बताए ।
उनले प्रदेशलाई पनि आफ्नो क्षमता देखाउन आग्रह गरे । उनले केन्द्रीय सरकारले बढी बजेट राख्ने गरेकाले पनि प्रदेश र स्थानीय तहलाई आर्थिक रुपमा समस्या परेको बताए । उनले संविधानमा उल्लेखित साझा अधिकारका सूचीलाई व्यवस्थित गर्न साझा संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
सभामुख मण्डलले संघीयता, संविधान, संघीय व्यवस्था, प्रदेश सरकार्का साथै स्थानीय तहलाई जोडेर पुस्तक प्रकाशन गरेकोमा प्रकाशक र पुस्तककी सम्पादक अप्सरा गौतमको प्रशंसा गरे । प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख यस पुस्तकमा प्रकाशित गरिएको छ । ३ सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






