काठमाडौं। युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा) को अवसर पारेर यो पूजा गरेको हो ।हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । पूजामा सहभागी हुनका लागि ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू उपस्थित भएका थिए ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कन्या कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ ।
इन्द्रजात्राको अवसरमा गरिएको पूजामा ४५५ बालिका सहभागी भएको महासङ्घका अध्यक्ष राजन महर्जनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






