काठमाडौँ । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौँ क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो। एमक्यूब नेपालको मौलिक कार्यक्रमका रूपमा मेरिएट काठमाडौँमा सम्पन्न भएको यस पहलले सम्मेलन हल बाहिर गएर नेपालकै जीवन्त सम्पदामाझ सम्बन्ध र साझेदारीको अवधारणालाई विस्तार गर्न सफल भयो। यो कार्यक्रम मेरिएटकोMICE (Meetings, Incentives, Conferences, and Exhibitions) ग्राहकहरूको ) ग्राहकहरूको लागि विशेष डिजाइन गरिएको थियो। सहरलाई जीवन्त बनाउन सफल यस कार्यक्रममा MICE उद्योगका सहभागीहरूले नेपालको सम्पदा र एडभेन्चरको अद्वितीय मेलको अनुभव गरेका थिए।
एमक्यूब नेपालले यस वर्ष परम्परागत बैठकको सीमालाई तोड्दै सहभागीहरूलाई सहरकै बीचमा राखेर कार्यक्रम सञ्चालन गर्यो। ‘काठमाडौँ क्रोनिकल्स’ मूलतः ट्रेजर हन्टको शैलीमा तयार गरिएको थियो, जसले साइटसिइंग गर्ने, स्थानीय संस्कृति बुझ्ने र टिम मिलेर गतिविधिहरू गर्ने अवसर एकसाथ प्रदान गर्यो।
सहभागीहरू बीवाईडी कारमार्फत नक्सालस्थित मेरिएटबाट प्रस्थान गरी काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ लगायतका सम्पदास्थलहरूमा पुगेका थिए।हरेक सम्पदास्थलमा टोलीहरूले रिडलहरू हल गर्ने, कल्चरल च्यालेन्जहरू पूरा गर्ने र शहरको इतिहासका लुकेका कथाहरूलाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाएका थिए। यात्राको प्रत्येक चरणले रमाइलो, साहसिक अनुभव र काठमाडौँको ऐतिहासिक सम्पदाको अनौठो अनुभूति प्रदान गर्यो। यस क्रममा कार्यक्रमले नेपाल केवल बैठक भेन्यु मात्र नभई व्यापार, संस्कृति र अनुभवहरू एकैसाथ पाउन सकिने गन्तव्य हो भन्ने सन्देश पनि दिएको थियो।
यस एडभेन्चर सहितको कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाडौँमा भव्य उत्सव र सम्मान समारोहसँगै भएको थियो। विजेता टोलीलाई ‘काठमाडौँ एक्सपर्ट्स’को उपाधि प्रदान गरिएको थियो।
कार्यक्रमबारे बोल्दै मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले भने, “काठमाडौँ क्रोनिकल्सले यस शहरको सम्पदा र संस्कृतिलाई सामान्य बैठकभन्दा पनि बेग्लै अनुभवका रूपमा उत्कृष्ट ढंगले प्रस्तुत गर्यो। वास्तविक हस्पिटालिटी भनेको अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा मेरिएट विश्वास गर्दछ, र यो कार्यक्रमले एमक्यूब तथा बीवाईडीसँग मिलेर व्यापार र अन्वेषण दुवैका लागि नेपाल विशेष गन्तव्य हो भन्ने स्पष्ट पारेको छ।”
एमक्यूब, बीवाईडी र मेरिएटबीचको यस सहकार्यले इनोभेसन, हस्पिटालिटी र सम्पदालाई एउटै अनुभवमा जोड्न सफल भयो। ‘काठमाडौँ क्रोनिकल्स’ले एमक्यूब नेपाल २०२५ लाई नयाँ स्तरमा पुर्याउँदैMICE उद्योगले कसरी संस्कृति, दिगोपन र एडभेन्चर एकसाथ प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






