नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल भदौ ११ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा.लि. को तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






