काठमाडौं । २०१२ मा स्थापना भएदेखि नै एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकालेर रोचक र वास्तविक जीवनका अनुभवहरूमा रूपान्तरण गरिरहेको छ, जसले विद्यार्थीहरुमा गणितको डरलाई हटाउँछ। यस मिशनलाई निरन्तरता दिँदै, अनम्याथ टिमले अगस्त ३ देखि ८ सम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा व्यापक पहुँच कार्यक्रम सञ्चालन गरेको थियो, जहाँ २५ भन्दा बढी विद्यालयहरूमा नयाँ गणित शिक्षा कार्यक्रमहरूको परिचय गराइयो। यस कार्यक्रममा प्रधानाध्यापकहरू, शैक्षिक संयोजकहरू र शिक्षकहरूसँग भेटघाट गरी नयाँ र व्यावहारिक सिकाइमार्फत गणितलाई कसरी रोचक र सजिलो बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरियो।
यस कार्यक्रमको बारेमा बोल्दै, एम्बार्क अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने हामिलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जस्बाट विद्यार्थीहरू नडराऊन्। यस्तो कार्यक्रम र भ्रमणहरूले हामीलाई विद्यालयहरूको विशेष आवश्यकताहरू बुझ्न र तिनीहरूको परिस्थितिअनुसार काम गर्ने समाधानहरू सँगै बनाउन मद्दत गर्छु ।
यस कार्यक्रमले रुपन्देहीका विद्यालयहरूमा अनम्याथका अनुभवमूलक सिकाइ कार्यक्रमहरू- अनम्याथ जिल्ला योजना, गणितको कथा भन्ने, उद्यमशील गणित, र म्याथ म्युजियम जस्ता अवधारणाहरूको परिचय गराइयो। शिक्षकहरूसँग प्रत्यक्ष कुराकानी गरेर टिमले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्याहरूलाई समाधान गर्न र विद्यार्थीहरुको जिज्ञासा बढाउन गतिविधिहरुमा आधारित पढाउने तरिका अपनाउनु पर्ने छलफल गरियो।
लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने गणितलाई व्यावहारिक, रोचक र वास्तविक जीवनसँग जोड्ने यो तरिका हाम्रा विद्यार्थीहरूका लागि एकदमै उपयुक्त छ ।
यो कार्यक्रमले फरक फरक स्कुलहरूमा धेरै चासो जगाएको थियो। धेरै स्कुलहरूले प्रयोगात्मक कक्षा र आफ्ना आवश्यकता अनुसार योजना बनाउने प्रस्तावहरूको माग गरेका छन् । साथै स्कुल समूहका नेताहरूसँगको सम्पर्कले पनि यसलाई व्यापक रूपमा फैलाउने मौका दिएको छ। सहभागी भएका शिक्षकहरूले अनम्याथका अन्तरक्रियात्मक पद्धतिहरू र शिक्षकहरू गुणस्तरीय शिक्षाप्रतिको दृष्टिकोणबीचको मेलको निरन्तर प्रशंसा गरेक थिए ।
अनम्याथ टिमले प्रयोगात्मक कक्षा लिने, इच्छुक स्कुलहरूसँग निरन्तर सम्पर्क गरिरहने, र प्रत्येक स्कुलको आवश्यकताअनुसार योजना बनाउने लक्ष्य राखेको छ। यी गतिविधिहरूको आधारमा यस पहलले रुपन्देहीका कक्षाकोठाहरूमा लामो अवधिको लागि नयाँ गणित सिकाइ ल्याउने उद्देश्य राखेको छ।
थप जानकारीका लागिsales@embarkunmath.com वा +९७७ ९७०७०८७९४४ मा सम्पर्क गर्नुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







