मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका वडा नं.– ४, धुम्बाराही (चिलिमे टावरमा रहेको) स्थित शाखा कार्यालयको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडलद्धारा सुसम्पनन भएको छ ।
वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका वडा नं.– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको छ ।
उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ्ग सेवाको विस्तारको प्रशंसा गर्दै, जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिएका थिए । साथै, बैंकले हाल गरी रहेकै प्रगतिलाई निरन्तरता दिंदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नु पर्ने रणनीतिहरुको बारेमा मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व बैंकको सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए ।
समापन तथा धन्यवाद मन्तब्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।
एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसंग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता हुनेछ ।
मुक्तिनाथ विकास बैंक लि .
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






