धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने भएको छ ।बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन हुने भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको बडिमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरूको आगामी कार्यदिशा सम्बन्धि छलफलमा कार्यदल गठन गर्ने जानकारी दिइएको छ ।
बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन गर्न हालसम्म भएका कार्यको अध्ययन र समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए। उनले बडिमालिकाको विकास एवम् प्रवर्धन लागि तत्काल र दिर्घकालमा गरिने कार्यहरूको कार्ययोजना तयार गर्न कार्यदल गठन हुने जानकारी दिए ।
मुख्यमन्त्री शाहले यसअघि नै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बडिमालिका मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाउन र आवश्यक संरचना निर्माणको थालनी गर्न निर्देशन दिईसकेका छन् ।
अविनाश चौधरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





