The Export and Import Bank of China (CEXIM) बैंकले सनिमा बैंक लिमिटेड लाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि ¬(१३५ मेघावाट)- १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट-१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/ मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट (AGENT) बैंक नियूक्त गरेको छ ।
तद्अनुसार CEXIM बैंकको चिन स्थीत Sichuan शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र CEXIM बिच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत श्री हेम राज सञ्ज्याल रCEXIM को तर्फवाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गरेका छन् । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डे, CEXIMबैंक Sichuan शाखाका अध्यक्षMr. Chen Shengrong,/ SGIC इन्टरनेशनलका अध्यक्ष Mr. Liao Bin समेतको उपस्थिति रहेको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गर्नु भएकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । साथै, CEXIM बैंक संगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तराष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पुर्य ा उने विश्वास व्यक्त गरे । उनँले उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगाएतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।
त्यसैगरी CEXIM र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे। उक्त कार्यको लागी सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्र्दै यी परियोजनावाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।
साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाईनिज मुद्राको अन्र्तरदेशीय कारोवार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धिहुने तथा देशको दिगो बिकासमा महत्वपूर्ण टेवा पु¥याउने देखिन्छ ।
हेमराज संज्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





