The Export and Import Bank of China (CEXIM) बैंकले सनिमा बैंक लिमिटेड लाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि ¬(१३५ मेघावाट)- १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट-१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/ मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट (AGENT) बैंक नियूक्त गरेको छ ।
तद्अनुसार CEXIM बैंकको चिन स्थीत Sichuan शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक लिमिटेड र CEXIM बिच सम्झौतामा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फवाट प्रमुख निक्षेप अधिकृत श्री हेम राज सञ्ज्याल रCEXIM को तर्फवाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गरेका छन् । उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डे, CEXIMबैंक Sichuan शाखाका अध्यक्षMr. Chen Shengrong,/ SGIC इन्टरनेशनलका अध्यक्ष Mr. Liao Bin समेतको उपस्थिति रहेको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेले एजेन्सी बैंकको रुपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गर्नु भएकोमा सबै सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । साथै, CEXIM बैंक संगको महत्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तराष्ट्रिय ब्यापार सम्बन्ध विस्तार भई व्यापार प्रबद्र्धनमा टेवा पुर्य ा उने विश्वास व्यक्त गरे । उनँले उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगाएतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत व्यक्त गरे ।
त्यसैगरी CEXIM र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरे। उक्त कार्यको लागी सानिमा बैंकको भुमिका महत्वपूर्ण हुने कुरा व्यक्त गर्र्दै यी परियोजनावाट प्राप्त अनुभवबाट भविश्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा सावित हुने विचार व्यक्त गरे ।
साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाईनिज मुद्राको अन्र्तरदेशीय कारोवार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ र यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धिहुने तथा देशको दिगो बिकासमा महत्वपूर्ण टेवा पु¥याउने देखिन्छ ।
हेमराज संज्याल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






