काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका ४ लाख ४४० कित्ता सेयरहरू शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आह्वान गरेको छ।
कम्पनीले मेरो माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, कालिका लघुवित्त र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको सेयर बिक्रीका लागि आह्वान गरेको हो ।
जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ताको न्यूनतम मूल्य रु। ३०० र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य रु. ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता सेयर रहेका छन् ।
त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ताको न्यूनतम मूल्य रु.३३० र न्यूनतम आवेदन १,००० कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १,३१५ कित्ताको न्यूनतम मूल्य रु.१०० र न्यूनतम आवेदन १,३१५ कित्ता सेयरहरू बिक्रीमा राखिएका छन्।
इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु.१०० तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँबाट प्राप्त गरी भदौ २४ गते अपरान्ह ३ बजेभित्र बझाउनु पर्नेछ ।
प्राप्त बोलपत्रहरु भाद्र २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ।
यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरू उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरूलाई बिक्री गरिनेछ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





