बागलुङ। गाजाको दहसँग थुप्रै मिथक र किम्बदन्ती जोडिएका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका-३ मा रहेको गाजाको दह ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । दहमा पातपतिङ्गर हुँदैनन । पात पतिङ्गर चराले सफागर्ने यहाँको किम्बदन्ती छ ।
शिव र पार्वती घुम्दै आउँदा पर्वतले पानी पिएको ठाउँको रुपमापनि लिइन्छ । शिवले केही माथीको ठाउँमा बसी गाजा खाएको र त्यहि क्रममा पार्वतीले तिर्खा लाग्योभन्दा शिवले जमिनमा त्रिशुल हानी पानी निकालिदिएको मिथक छ ।
यहाँ शिद्ध बराह घुम्दै आउँदा ठाउँ मन परेर यहाँ बसेकोपनि कथन छ । त्यसैले यहाँ सिद्ध बराहको मन्दिर निर्माण गर्नुका साथै उनको पूर्ण कदको शालीक निर्माण गरिएको छ ।
पटक–पटक समुन्द्रमा जस्तै छाल निस्कने गरेकोपनि स्थानीयको भनाइ छ । काई प्रभु भन्ने होम कुण्ड रहेकोले त्यसको अध्ययनकोलागि उत्खनन गरिने बताइएको छ ।
गाजा दहको नजिकै सिद्ध थान रहेको छ । यहाँ बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा सतबिज झर्नेको भीड लाग्ने गर्दछ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दहमा नुहाउने भक्तजन उत्तिकै हुन्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।
मेला पर्व पारेर लोकदोहोरी, सोरठी, सालैजो र विनासालैजो जस्ता संस्कृति समेत प्रदर्शन गर्ने चलन रहेको जैमिनी नगरपालिका–३का वडा अध्यक्ष कृष्ण भुजेलले बताए।
यो बागलुङ जिल्लाकै शान रहेको उनको बुझाइ छ । ‘‘यो बागलुङ जिल्लाकै पर्यटकीय क्षेत्रको शान हो, प्रकृतिको सुन्दर उपहार हो ।’’ भुजेलले भने ‘‘हरेक सिजन यहाँ घुम्न र आनन्द लिन सकिने भएकोलेपनि यो पर्यटकीय क्षेत्रको शान हो ।’’
गाजा दह समुन्द्री सतहदेखि २४७० मिटर उचाईमा रहेको छ भने गाजा धुरी २८८० मिटर उचाईमा रहेको छ । यसको गहिराई ११ देखि १५ मिटर रहेको छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल देखिन्छ ।
उच्च पहाडमा भएकोले हेमन्त ऋतुमा हिउँ फूल सिउरिन्छ गाजा दह । वसन्त ऋतुमा लालिगुराँसले ढकमक्क बन्छ भने बर्षा र गृष्म ऋतुमा बादलुको घुम्टो भित्र घुर्सिन्छ ।
जङ्गल छेवैमा भएर पनि यो ताल सधैँ सफा रहन्छ । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै स्थानहरु देख्न सकिन्छ ।
बागलुङ सदरमुकामदेखि २४ किलोमिटरमा पर्ने यहाँ कुश्मीसेरा–दमेक हुँदै पुग्न सकिन्छ भने बागलुङ पश्चिम, सिगाना हुँदै पनि यस स्थानसम्म पुग्न सकिन्छ । यहाँ गलकोट , काठेखोलाको रेशबाट पनि सहजै पुग्न सकिन्छ । यहाँ आउने पर्यटकलाई बस्नका लागि होम-स्टे र राम्रो व्यवस्थापनका साथमा होेटलहरु रहेका छन् । यी होम- स्टे र होटलहरुमा स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ ।
नवराज नेपाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मिडियाअघि गाडी तेर्स्याउनेलाई लाखौं जरिवाना गर्न सांसद मल्लको माग
- सरकारले प्रश्न गर्नेलाई तर्साउने काम गर्न थाल्योः निश्कल राई
- होर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी सुरु, इरानी बन्दरगाह जाने–आउने जहाज निगरानीमा
- ‘मिसेस पूर्वेली आइकन–३’को डिजिटल अडिसनमा ५० जना, सकियो फिजिकल अडिसन
- सहारा हेल्थ इन्सुरेन्सको सहकार्यमा इसेवाको स्वास्थ्य बीमा बिस्तार हुँदै
- मिडिया हाउसलाई आतंकित पार्ने काम बन्द गर्न मिडिया सोसाइटीको माग
- सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग
- आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







