पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा न– ३ (साविक गा.बि.स. ओयाम) मध्य भागको गुरुङ गाउँ– मान्द्रेनी– सालबोटे गाउँ र सामाङ्खु गाउँको बीचबाट बग्ने ठाडो खोलाको सिरान भागतिर पर्ने निकै सुन्दर मनमोहक झरना नै गोपेनी झरना हो ।

सानो खालको निकै उपयोगी तर दुर्लभ जातको बाँस ‘गोपे’ बिगतमा त्यो क्षेत्रमा प्रशस्त पाइने भएकोले त्यो जंगल–भिर–पाखालाई गोपेनी जंगल भनिँदै आइएको छ । त्यसैले सो झरनालाई पनि गोपेनी झरना भनिएको हो । यसको नाम बारे थप अध्ययन आवस्यक रहन्छ ।

ओयाम मान्द्रेनी बजारबाट पुस्पलाल लोकमार्ग हुँदै ५ मिनेटमा ठाडखोला पुल र त्यहीँबाट ठाडो खोलैखोला उकालो जाँदा करिब ६०० मिटर सो झरना पुगिन्छ । बाटोमा अनगिन्ती साना–ठूला छाँगा, झरना, पौडी पोखरी र चिप्लेटीहरुमा, साना चुचुरा र विशाल ओढारहरुमा रमाउँदै पुग्न सकिन्छ । सिन्कौली जंगल, निगाले भिर हुँदै सो झरनासम्म पुग्न निकै साहसिक र आनन्दपूर्ण यात्रा हुनेछ ।
पहराको अलि कोल्टे बनोट र ठूला–ठूला रुखहरुले छेलिएको हुँदा अलि टाढाबाट पूरै झरना देखिँदैन। पूरै झरनाको दृश्यावलोकनको मज्जा लिन नजिकै जानू पर्ने हुन्छ । झरना निकै लुकेको छ, त्यो नै त्यसको बिशेष बिशेषता हो । हिउँद–बर्खै प्रसस्त पानी हुने यो झरना सम्भवतः पाँचथरको सबैभन्दा लामो झरना हो भन्ने हाम्रो दाबी छ ।

केही बिकटता र हालसम्म प्रचार–प्रसार नभएकै कारण मात्र ओझेलमा परेकोले स्थानीय समुदाय, स्थानीय सरकार तथा सरोकारवालाले थोरै चासो दिएमा आन्तरिक पर्यटन उद्योगको बिकासमा ठूलो टेवा पुग्नेछ।

सानो पैदल मार्ग मात्र बनेमा छोटो तर निकै रमाइलो पदयात्राको अनुपम आनन्द लिन सकिन्छ। साथै त्यसैको नजिकै रहेको ऐतिहासिक तीनतले गुफा, उर्गेन छ्योलिङ गुम्बा, पर्यटकीय स्थान चरिभञ्याङ्ग, पाथीभरा चियाबगान, प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल महादेवस्थानहरुलाई जोडेर अन्य पर्यटन सर्किटसँग जोडेर छोटो १–२ दिनको ट्रेकिङ रुट समेत निर्माण गर्न सकिन्छ ।

(लेखक गुप्तेश्वर माध्यमिक विद्यालय ओयामका प्रधानाध्यापक हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
मनोज राई





