रामकृष्ण बोहरा
बागलुङ, चैत ७ गते । बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर ‘पञ्चकोट’ नामाकरण गरिएको छ। स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाईमा ताराजालकोटमा ६० करोडभन्दा बढीको लगानीमा धार्मिक संरचना निर्माण भइसकेको छ। ताराजालदेखि माथिल्लो कारीकोट, माझकोट, रायँरायकोट र सबैभन्दा अग्लो पहाडमा रहेको संसारकोट समावेश छ।
पाँचवटै कोटलाई जोडेर धार्मिक–पर्यटकीय सर्किटको रूपमा विकास गर्ने लक्ष्यअनुसार बागलुङ नगरपालिका–७ स्थित संसारकोटमा १ करोड २५ लाखको लगानीमा मोक्षदेवी भगवतीको मन्दिर, सत्तल, मोटरबाटो, पैदलमार्ग, पाँचवटा चौतारी, खानेपानी प्रणाली र मन्दिरको घेराबार लगायत संरचना निर्माण गरिएको छ।
सङ्घीय सरकारको पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पुरातात्विक विभाग, बागलुङ नगरपालिका र स्थानीयबासीको श्रमदानमार्फत संसारकोटमा यी पूर्वाधार निर्माण भएका हुन्।
चैतेदशैको नवरात्रिमा मन्दिर उद्घाटनसंगै मूर्ति प्रतिस्थापन पनि गरिएको छ। २०७४ सालमा स्वामी कमलनयनाचार्यको परिकल्पनामा मोक्षदेवी भगवती मन्दिर, सत्तल र अन्य संरचना निर्माण गरिएको संसारकोट संरक्षण व्यवस्थापन समितिका अध्यक्ष केशव कार्कीले जानकारी दिनुभयो। “संरचना बनेपछि पञ्चकोटमा आउने पर्यटकलाई संसारकोटमा ल्याउने योजना छ,” कार्कीले भन्नुभयो।
मूर्ति तिरुपती बालाजीधाम मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालय कुँडुले फेदीमा पूजा–अर्चना गरी संसारकोटमा प्रतिस्थापन गरिएको हो। मन्दिरले पञ्चकोट क्षेत्रलाई धार्मिक सर्किटको रूपमा विकास गर्न महत्वपूर्ण योगदान दिने प्रपन्नाचार्यले बताउनुभयो।
उप–प्रमुख राजु खड्काले धार्मिक गन्तव्यको विकास, प्रवद्र्धन र प्रचार–प्रसारका लागि तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
पञ्चकोटमा विश्वकै अग्लो कलश निर्माणको चरणमा छ। स्वामी कमलनयनाचार्यका अनुसार “१ सय ८ फिट अग्लो कलश बनाएर पाँचवटै कोटलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउने योजना छ। कलश बनेपछि नेपाल र भारतका लाखौं पर्यटक पञ्चकोटमा आकर्षित गर्न सकिन्छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






