काठमाडौं । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो । त्यसपछि चीनबाट ९ हजार १०१) ९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशतं बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशतं र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ । मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत भएको बताएका छन् ।
उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो । यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एमाले सचिव बस्नेतकी पत्नीसहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँको आदेश
- ‘अंगालोभित्र’ लिएर आए बबिना भट्टराई र विश्व नेपाली (भिडियो सहित)
- वर्षाको कारण वीपी राजमार्ग फेरी बन्द
- पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा दोहोरो सुविधाको गाडी फिर्ता
- यी हुन् समस्याग्रस्त १० सहकारीका ऋणीहरु (नामावलीसहित)
- आज बागमती प्रदेशमा सार्वजनिक बिदा, यस्तो छ कारण
- यस्तो छ आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
- संवैधानिक परिषद्को बैठक आज बस्दै, को बन्ला प्रधानन्यायाधीश ?


ट्रेन्डिङ
खबरमुकाम





