दिपायल । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले थप तीन अनुसन्धानमूलक कृति प्रकाशन गरेको छ। प्रतिष्ठानले राउटे जातिको सामाजिक एवम् सांस्कृतिक अध्ययन, राजी जातिको सामाजिक एवम् सांस्कृतिक अध्ययन र छन्द सागर नामक कृति प्रकाशन गरेको हो ।
सुदूरपश्चिममा लोपोन्मुख राउटे र राजी जातिको सामाजिक र सांस्कृतिक अध्ययन गराएर प्रतिष्ठानले खोजमूलक कृति प्रकाशन गरेको सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा.टीएन जोशीले बताए।
प्रतिष्ठानले सुदूरपश्चिमका रही छन्दमा कलम चलाउने कविहरूका उत्कृष्ट कविता छनौट गरी छन्द सागर कृति पनि प्रकाशन गरेको छ। छन्द सागरमा चालिस भन्दा बढी कविका छन्द कविता समेटिएका छन्।
सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानले चाँडै सुदूरपश्चिमका स्रष्टाहरूको परिचय कोष र डोटी राज्यको इतिहास पनि प्रकाशन गर्न लागेको उपकुलपति जोशीले बताए। न्युन बजेट र जनशक्तिको अभाबका बिच प्रज्ञा- प्रतिष्ठानले प्राज्ञिक र सांस्कृतिक कर्ममा आफूलाई निरन्तर अगाडि बढाएको छ।
प्रतिष्ठानले यस अघि थारू लोकसंस्कृति र लोककथा, अनुसन्धानमूलक ग्रन्थ सगुन र सुदूरपश्चिमको संस्कृति सङ्ग्रह प्रकाशन गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






