सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ, जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ। यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ।
नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।
सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ। यो प्रविधि तीन आधारभूत स्तम्भमा बनेको छः
“सामसङ भिजन एआईले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ हेर्ने व्यक्तिको प्राथमिकता हेर्ने सामग्रीभन्दा पनि महत्वपूर्ण हुन्छ। यसलाई हामी ‘It’s Your Show’ भन्छौं- यस्तो अनुभव जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ।
हाम्रो नयाँ एआई टिभीहरूले प्रत्येक दृश्यमा नयाँ जीवन भरेका छन्, जसले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ । यस एआई- संचालित स्क्रिनहरूको नयाँ युगसँगै, हामी नयाँ पुस्ताका टिभीहरू छिटो अपनाइनेमा र प्रिमियम टिभी सेग्मेन्टमा हाम्रो नेतृत्व अझ मजबुत हुनेमा आत्मविश्वासी छौँ ।” भने, मिलन कुमार झा,CE बिजनेस हेड, सामसङ नेपालले।
सामसङ भिजन एआई स्मार्ट र व्यक्तिगत मनोरञ्जन अनुभवको नयाँ पुस्ता
सामसङ भिजन एआई ले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ । यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हब मा रूपान्तरण गर्छ। यसरी टिभी दैनिकीमा सजिलै मिसिन्छ र बुद्धिमान साथी जस्तै अनुभव दिन्छ ।
ठूलो स्क्रिन अनुभवलाई पुनर्परिभाषित गर्ने केही प्रमुख फिचरहरूः
सबै मनोरञ्जन आवश्यकताका लागि QLED 4K लाइनअप
सामसङ को QLED 4K लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F र QA55Q8F मोडेलहरू प्रमुख आकर्षण बनेका छन्।
QA85Q7F मा क्वान्टम डट टेक्नलजी, शक्तिशाली20W 2- च्यानल स्पिकर प्रणाली, QA85Q7F, Dolby Atmos र OTS को साथमा सिनेमाजस्तो अडियो–भिजुअल अनुभव, साथै सामसङ को स्लिम डिजाइन र जेनारेतिभ वलपेपर सपोर्ट उपलब्ध छ।
२०२५को सामसङ एआई टिभीहरु मा बिल्ट–इन स्मार्टथिंग्स हब समावेश गरिएको छ, जसले टिभीलाई स्मार्ट होमको कन्ट्रोल सेन्टरमा बदल्छ। यसमार्फत प्रयोगकर्ताले घरका विभिन्न स्मार्ट उपकरणहरू सजिलै जडान र नियन्त्रण गर्न सक्छन्। साथै, स्मार्टथिंग्स एनर्जी ले ऊर्जा खपतबारे उपयोगी जानकारी दिँदै, घरभरि ऊर्जा दक्षता बढाउन सहयोग गर्छ।
सुरक्षाका लागि, यी टिभीहरू सामसङ नक्स् प्लाटफर्मले मजबुत बनाइएका छन्। यसले प्रयोगकर्ताको डेटा र गोपनीयता सुरक्षित राख्छ, अनधिकृत परिवर्तन पत्ता लगाएर रोक्छ, फिसिङ वेबसाइटहरू ब्लक गर्छ, र व्यक्तिगत जानकारीलाई नक्स् भल्ट मार्फत थप सुरक्षित बनाउँछ।
भविष्यलाई ध्यानमा राख्दै, सामसङ ले आफ्नो २०२५ एआई TV लाइनअपमा ७ वर्षसम्म निःशुल्क OS अपग्रेड उपलब्ध गराउने वाचा गरेको छ। यो उद्योगमै अग्रणी प्रतिबद्धताले प्रत्येक उपकरणलाई लामो समयसम्म अद्यावधिक राख्छ, नयाँ फिचर, सुरक्षा सुधार र प्रदर्शन उन्नयन सुनिश्चित गर्छ। चाहे उन्नत एआई क्षमता होस् वा सहज स्मार्टथिंग्स एकीकरण, प्रयोगकर्ताले वर्षौंसम्म प्रिमियम अनुभव पाउनेछन्- सामसङ भिजन एआई संचालित यी टिभीहरूलाई साँच्चिकै भविष्य-प्रमाण बनाउँदै।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





