काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।
उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन्।
केन्द्रीय कार्यसमितिका सदस्यहरू बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारायण जिएम चयन भएका छन्।
प्रदेश सदस्यमा जगतबहादुर रानामगर, शकुन्तला मगर, भगवानबहादुर दर्लामीमगर, चन्द्रिकाकुमारी मगर, बुद्धिबहादुर पुलमीमगर, उर्मिलाकुमारी पुलामी, यामबहादुर राना, केशकुमारी राना, प्रेमबहादुर कामुमगर, धनकुमारी राना, कमल घर्तीमगर, चन्द्रा आलेमगर, प्रेमबहादुर सुर्जामगर र रिनादेवी मगर चयन भएको निर्वाचन समितिले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






