ब्रिटिस काउन्सिल नेपालले तदनुसार अक्टोवर १५, २०२५ (२०८२–साउन–३० गते) का दिन आइइएलटीएससम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) मा विशेष कार्यक्रम आयोजना ग¥यो ।
युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्र्तराष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरहरुमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रुपमा मनाउन आयोजित कार्यक्रममा आइइएलटीएस सम्बन्धी थुप्रै साझेदारलाई सहभागी गराइएको थियो ।
कार्यक्रमको सफल आयोजनाले ब्रिटिस काउन्सिल र आइइएलटीएस सम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको छ र विविध क्षेत्रबाट आएका नेपालीलाई अन्र्तराष्ट्रिय क्षमता र योग्यतासँग जोड्दै नेपालमा शैक्षिक अवसरहरु अभिवृद्धि गर्ने हाम्रो सामूहिक प्रतिवद्धतालाई अझ सबल बनाएको छ ।
कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आइइएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान गरिएको थियो ।
विभिन्न विधा (क्याटोगरी) मा गरी कूल २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरियो ।
ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ
ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएसका व्यवसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आइइएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक बर्ष क्रमशः उपलव्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ । यसको अर्थ भनेको ठूला र साना दुवै साझेदारले त्यसका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।
उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरुलाई पूर्ण रुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ र त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।
आइइएलटीएस उपहार अभियान
यसैबीच, ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा आइइएलटीएस उपहार अभियानको तेस्रो संस्करण (थर्ड सिजन) शुभारम्भ भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित भएका छौं ।
उक्त सहकार्य अनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् । नयाँ सिजनमा आइइएलटीएस जाँच दिने विद्यार्थीहरुले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ ।
पुरस्कारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाइ टिकट, एप्पलको म्याकबुक एयर, सफारीको विशेष सुटकेश, पठाओको राइडमा छुट र रेस्टुरेन्ट भौचर समावेश गरिएका छन् । बम्पर उपहारमा टर्किस एयरलाइन्सको तर्फबाट विभिन्न गन्तव्यमा गरी ४ वटा एकतर्फी हवाइ टिकट (तीन वटा–बेलायत, अमेरिका वा युरोपका लागि तथा एउटा टिकट टर्किस एयरलाइन्स बाहेक अन्य एयरलाइन्सबाट अस्ट्रेलिया जान ) प्रदान गरिनेछ । त्यस्तै, पठाओको तर्फबाट आइइएलटीएस जाँचको दिनमा ३० प्रतिशत (५० रुपैयाँसम्म) छुट र लक्की ड्रका विजेतालाई निश्चित रेस्टुरेन्टमा ३० प्रतिशत छुटसहितको फुड भौचर प्रदान गरिनेछ, साथै सफारीको तर्फबाट उच्च गुणस्तरिय सुटकेश उपलव्ध हुनेछ ।
यस अभियानमा सहभागी हुनका लागि उम्मेदवारले १५ अगस्ट २०२५ देखि ३१ अक्टोवरसम्म आइइएलटीएसको लिखित परीक्षा वा कम्प्युटरबाट परीक्षा दिनका लागि बुकिङ गर्दै रकम बुझाएको हुनुपर्नेछ । यसबारे विस्तृत जानकारीका लागि https://www.britishcouncil.org.np/ मा हेर्न सकिनेछ ।
अभियान शुभारम्भको क्रममा नेपालस्थित बेलायती राजदूत महामहिम रोब फेनले भन्नुभयो–“बेलायतको विश्वस्तरिय शिक्षा प्रणालीले कुनै पनि व्यक्तिको जीवनमा रुपान्तरण गर्न सक्ने अवसर सृजना गरेको छ र यसअघिका बर्षहरुमा भन्दा बढी नेपाली विद्यार्थीले आफ्नो पढाइका लागि बेलायतलाई रोजिरहेको देख्न पाउनु उत्साहजनक क्षण हो । यो वृद्धिले विश्वव्यापी रुपमा नेपाली विद्यार्थीको योग्यतालाई मान्यता दिलाउन अथक प्रयास गरेका नेपालका हाम्रा शैक्षिक साझेदारहरुको समर्पण र व्यवसायिकतालाई प्रतिबिम्वित गरेको छ । शैक्षिक क्षेत्रलाई सबल तुल्याउन तथा नेपालको समृद्धिमा योगदान गर्न र आफ्नो व्यक्तिगत चाहना र लक्ष्य प्राप्तिका लागि नेपाली युवाहरुलाई आवश्यक सीप, ज्ञान र अनुभव सुनिश्चित गर्न हामी ब्रिटिस काउन्सिल र नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिवद्ध छौं ।”
कार्यक्रम आयोजनाप्रति आभार प्रकट गर्दै ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भन्नुभयो– “हाम्रा सबै साझेदार र सरोकारवालाहरुलाई उनीहरुको उत्कृष्ट कार्यसम्पादन र ब्रिटिस काउन्सिललाई गरेको सहयोगलाई उत्सवको रुपमा मनाउन एकै ठाउँमा भेला गर्न पाउनु हाम्रो लागि गौरवपूर्ण क्षण हो । उनीहरुको समर्पणले नेपाली युवाहरुलाई सशक्तिकरणमार्फत रुपान्तरणमुखी अवसरको ढोकाहरु खोलेका छन्, त्यसैले हामी मिलेर उनीहरुको उज्ज्वल भविष्य निर्माण गरिरहेका छौं ।”
ब्रिटिश काउन्सिल आइइएलटीएस बारेमा
अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा दक्षता परीक्षण हो। विश्वभर १२,००० भन्दा बढी संगठनहरूले आइइएलटीएसमा भरोसा गर्छन्। यी संगठनहरूमा शैक्षिक संस्थाहरू, रोजगारदाताहरू, सरकारहरू र व्यावसायिक निकायहरू समावेश छन्। आइइएलटीएसको संयुक्त स्वामित्व ब्रिटिश काउन्सिल, आइइएलटीएस, आईडीपी र क्याम्ब्रिज असेस्मेन्ट इंग्लिशसँग छ। आइइएलटीएसबारे थप जानकारी यहाँ पाउनुहोस्ः https://www.ielts.org
ब्रिटिश काउन्सिल बारेमा
ब्रिटिश काउन्सिल युकेको सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूका लागि अन्तर्राष्ट्रिय संगठन हो। हामी युके र विश्वभरका देशहरूमा मानिसहरूबीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिलाई समर्थन गर्छौं। हामी यो काम कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषामार्फत गर्छौं। हामी २०० भन्दा बढी देश र क्षेत्रहरूमा मानिसहरूसँग काम गर्छौं र १०० भन्दा बढी देशहरूमा हाम्रो उपस्थिति छ। २०२४–२५ मा हामीले ५९९ मिलियन मानिसहरूसम्म पुग्यौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







