काठमाडौँ । सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका ९७ हिमाल आरोहणमा प्रोत्साहन गर्ने भएको छ ।
आगामी भदौदेखि सगरमाथासहित आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर बढाउने तयारी भइरहेका बेला कर्णाली र सुदूरपश्चिममा रहेका हिमाल आरोहणमा आकर्षण बढाउन आगामी दुई वर्ष सलामी दस्तुर नलिने निर्णय गरेर प्रोत्साहनमा लागेको हो ।
पर्यटन विभाग महानिर्देशक नारायण रेग्मीले भने, “हिमाली पर्यटनको थुप्रै सम्भावना रहेको कर्णाली र सुदूरपश्चिममा साहसिक पर्यटन प्रवर्धन गर्न सरकारले त्यहाँका ९७ हिमाल आरोहणमा कुनै शुल्क नलिने भएको छ । आरोहणलाई थप व्यवस्थित बनाउँदै नयाँ हिमालमा आरोहणका लागि सरकारले गरेको प्रोत्साहनले नयाँ साहसिक पर्यटकीय गन्तव्यको ढोका खुल्नुका साथै अन्य पर्यटकीय गतिविधि र आम्दानीको स्रोतमा समेत बढावा पुग्ने छ ।”
कर्णाली र सुदूरपश्चिममा ट्रेकिङ र पर्वतारोहणका लागि थुप्रै सम्भावनाका क्षेत्र रहेको बताउँदै उनले आरोहणका लागि शुल्क मिनाहा गरिएका हिमाल प्रवर्धनमा स्थानीय र प्रदेश सरकारले विभिन्न प्रवर्धनका कार्यक्रम अघि बढाउन लागेको जानकारी दिए ।
पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ को नियम ३२ ले गरेको व्यवस्था अनुसार सरकारले नयाँ हिमाल आरोहणमा प्रोत्साहन गरेको उनको भनाइ छ ।
सुदूरपश्चिमका अपि र सैपालसहित कर्णाली प्रदेशमा रहेका कान्जिरोवा हिमालसहितका हिमालमा अहिलेसम्म कुनै व्यावसायिक आरोहण नभएकाले उक्त हिमालतर्फ आकर्षण बढाउन राजस्व छुट दिइएको उनले बताए ।
कर्णाली प्रदेशमा सैपाल, कान्ति हिमाल, कान्जिरोवा नर्थ, पुथा वेस्ट र सुदूरपश्चिममा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानीलगायतका हिमाल आरोहणका लागि बढी चर्चित हिमाल मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






