काठमाडौँ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘डाइभर्सिटी कार्निभल-विविधताको उत्सव’ आयोजना गर्न लागेको छ। आगामी सोमबार काठमाडौँमा हुने यस कार्यक्रममा देशभरका विभिन्न समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवा सहभागी हुनेछन्। कार्यक्रममा उत्प्रेरक अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिहरू समेटिनेछन्। मुसहर समुदायबाट पहिलोपटक डाक्टर बन्न सफल डा.स्मृति हरिजनले की(नोट स्पीच मार्फत आफ्नो विचार प्रस्तुत गर्ने छिन्। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जीला तुम्बापो सुब्बा र कलाकार नाजिर हुसेनले ‘सपना, संघर्ष र सफलता’ शीर्षकमा प्यानल डिस्कसनमा आफ्नो अनुभव साझा गर्नेछन्। उक्त प्यानलमा नेपाल सरकारका उपसचिव सुनिल कुमार पासमान र रेन्वो डिसबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले पनि सिमान्त आवाजहरूलाई अघि ल्याउनेछन्। त्यस्तै, कार्यक्रममा महिलाहरूको ब्याण्ड ‘कासा’ र सारंगी वादक किरण नेपालीको समूहले सांगीतिक प्रस्तुति दिनेछन् भने चार जना कलाकारले एउटै क्यानभासमा चित्रकला प्रदर्शन गर्नेछन्।
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारका अनुसार यस ‘डाइभर्सिटी कार्निभल’ को माध्यमबाट सिमान्त वर्गका आवाजलाई साझा गर्दै नेपालको विविधता उत्सवको रूपमा मनाउने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागी युवाहरू सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु जस्ता विषयमा कार्यशालाहरूमा गहिरो छलफल गर्नेछन्। छलफलबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायहरूमा प्रस्तुत गरिने बताइएको छ।
यस उत्सवमा दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, अपांगता भएका व्यक्तिहरू साथै विभिन्न यौनिक तथा लैंगिक पहिचान भएका युवाहरू सहभागी हुने आयोजकले जनाएको छ। परियारले भने, “विविधता र समावेशीताको बहसमा प्रायः उही पात्रहरू दोहोरिने भएकाले सुन्न नपाएका कथाहरूलाई आवाज दिन र समावेशीताको मुद्दामा युवाहरूले आफ्नै भित्र अभ्यास गर्ने वातावरण सिर्जना गर्न यो कार्यक्रम महत्त्वपूर्ण छ।” यस कार्यक्रमले समावेशीताका सवालमा युवाहरूलाई बोलेर र सुनेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ। जातीय असमानता, अपमान र प्रतिकूलताहरूविरुद्ध रचनात्मक प्रतिरोधी पुस्ता निर्माणका लागि स्थापना भएको संस्था दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सीमान्तकृत आवाजहरू मुखरित गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग



ट्रेन्डिङ
खबरमुकाम






