काठमाडौं । कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेसँगै यसलाई सफल बनाउन सङ्खुवासभाको खाँदबारीमा ‘गाईजात्रा तथा हिलेजात्रा महोत्सव’ आयोजना गरिने भएको छ । आयोजक खाँदबारी युथ क्लबले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेन शाक्यले महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र पर्यटन प्रवर्धन गर्ने उद्देश्य लिएको बताउनुभयो। उहाँका अनुसार नेवारी समुदायको सांस्कृतिक पहिचान बोकेको गाईजात्रा पर्वलाई विशेष महत्त्वका साथ मनाइने छ ।
गाईजात्रालाई नेवारी बाजा, भजन, परम्परागत नाचगान, जातीय परिकारहरूको प्रदर्शनी, हस्तकला र मौलिक परिकारहरूको स्वादसँग जोडेर प्रस्तुत गरिनेछ। साथै, महोत्सवमा खाँदबारी नगरपालिकाका विभिन्न टोल, वडा, स्थानीय सङ्घसंस्था र विविध जातजातिको सक्रिय सहभागिता रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, स्थानीय उत्पादनको प्रदर्शनी तथा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई सहभागी गराउने कार्यक्रमहरू समेटिनेछ ।
अध्यक्ष शाक्यले पत्रकार सम्मेलनमा भने, “यो महोत्सव कोशी प्रदेशको पर्यटन वर्षलाई सफल बनाउने माध्यम मात्र नभई खाँदबारीको सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार गर्ने, स्थानीय कलाकार र उद्यमीलाई प्रोत्साहन गर्ने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।’’
उनले महोत्सवले पर्यटकको आकर्षण बढाउनुका साथै रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र सामाजिक एकतालाई समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे । क्लबका अनुसार महोत्सवलाई सफल बनाउन स्टल व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा लगायतका तयारीहरू तीव्र रूपमा अगाडि बढाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
- आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ, सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा अनुसन्धान
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो

ट्रेन्डिङ
खबरमुकाम







