काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज ९नेक० मा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको १३ औं संस्करण हुने भएको छ । वास्तुकला (आर्किटेक्चर) विभागले बुधबार प्रतियोगितामा भाग लिनका लागि आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई आब्हान गरेको छ ।
प्रतियोगितामा भाग लिन चाहने आर्किटेक्चर २०२० ब्याचका विद्यार्थीहरूलाई यो वर्षको अवधारणा र कार्यादेश समेत दिइएको छ । कार्यादेश अनुसार विद्यार्थीहरूले अगस्ट अन्तिम भित्र अवधारणा प्रस्तुत गर्नेछन् । ‘विद्यार्थीहरूलाई १३ औं संस्करणको एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोपको अवधारणा र कार्यादेश दिएका छौं । अगस्ट अन्तिम सम्ममा विद्यार्थीहरूले अवधारणा सहित फिल्ड भिजिट र डिजाइन तयार गर्नुहुन्छ ।’ कलेजकी आर्किटेक्चर विभागकी सहायक प्राध्यापक स्वेता अमात्यले बताए । उनका अनुसार प्रतियोगितामा यस पटक देखि कलेज तहबाट उत्कृष्ट तीन डिजाइन मात्र राष्ट्रिय प्रतियोगितामा छनौट हुनेछन् ।
स्नातक तहको चौथो वर्षमा अध्ययनरत आर्किटेक्चर विद्यार्थीहरू विचको प्रतिष्पर्धामा कलेज तहमा उत्कृष्ट डिजाइनलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिइने छ । क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ मा कलेजकी विद्यार्थी पुजा राई सर्वोत्कृष्ट हुँदै ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
आर्किटेक्चरहरूले हासिल गरेको ज्ञान, सीप र कलालाई प्रतियोगिताले राष्ट्रिय लेवलमा उजागर गर्ने अपेक्षा गरिएको कलेजका आर्किटेक्चर विभागका प्राध्यापक दीपक पन्तले बताउनु भयो । राष्ट्रिय प्रतियोगितामा देशभरका १२ आर्किटेक्चर कलेजका विद्यार्थीहरूको प्रतिष्पर्धा हुनेछ ।
नेक-आर्किटेक्चर विभाग सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । जहाँ सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता गरिएको थियो ।शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत वास्तुकला उद्योगमा एक्सपोज पाउने छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







