काठमाडौं । सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित गर्याे । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।
कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भने “एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ । "
प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो । विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।
न्युमेरेसी विक मा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए, जस्तै स् गणित कथा वाचन जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।
एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






