काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता समारोह काठमाडौंस्थित होटल स्टेरियटमा सम्पन्न भएको थियो । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्ना जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ । यस IPO मार्फत संकलित रकम कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र Aluminium Furnance Plant स्थापना गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अध्यक्ष भुसालले भने, “यो सम्झौता नेपालको विद्युत पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोहोर्याउने हाम्रो अभियानमा महत्वपूर्ण उपलब्धि हो । हामी राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौं ।” त्यसैगरी, सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले भने, “सारथी केवलसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नेछ । साथमा, देशको केवल उत्पादन क्षमतामा समेत उल्लेखनीय योगदान पुर्याउनेछ ।”
नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor जस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ । १८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सानिमा रिलायन्सको नवौ वार्षिक साधारण सभा सम्पन्न
- आई. एम. ई. लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न
- पोखरामा मोती उत्पादनको व्यावसायिक सुरुवात
- बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति गम्भीर ध्यानाकर्षण
- कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान


ट्रेन्डिङ
खबरमुकाम








