काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना” को इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई योजनाको सार्वजनिक निष्काशन तथा बिक्री यही मिति २०८२ पौष ४ गतेदेखि पौष १८ गतेसम्म खुल्ला गरिएकोमा प्रारम्भिक विवरण अनुसार सो अवधि भित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १ अर्ब २५ करोड भन्दा बढी अर्थात माग गरे भन्दा २५ प्रतिशत बढि रकमका लागी आवेदन पर्न गएको छ । साथैे सिटिजन्स क्यापिटल लिमिटेडबाट संचालन हुने यस योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्ड मध्य एक हुन सफल भएको छ । यस योजना प्रति आम लगानीकर्ताहरुको आकर्षण तथा उल्लेखनिय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेड नेपालको पूँजी बजारमा एउटा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रुपमा स्थापित रहेको प्रतिबिम्बित भएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लि. को सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहेका छन् ।
सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आईरहेको संस्था हो । कम्पनीले आगामी दिनहरुमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरु सँगै लगानीकर्ताहरुलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरु प्रदान गर्दै गर्ने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरु सञ्चालन गरिनुका साथै सिटिजन्स क्यापिटल लिमिटेडले हाल सञ्चालनमा रहेका योजनाहरुमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यले कार्यरत रहने प्रतिबद्धता व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





