डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री हुँदा सार्वजनिक कार्यक्रममा भनेका थिए–सेयरमा लगानी गर्नु जुवा खेल्नुसरह हो । युवराज खतिवडा अर्थमन्त्री हुँदा पनि यही कुरा दोहोर्याएका थिए । सेयरमा विशेषगरी ५०–५५ जना मुख्य खेलाडी छन् । बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्युरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको सेयर उनीहरुले नै मूल्य बढाएर ३२ सयदेखि ४५ सयसम्म पुर्याएका थिए ।
अहिले ८३ लाख ६७ हजार सर्वसाधारणको सेयरमा लगानी छ । केही वर्षअघि ३२ सयदेखि ४५ सयमा किनिएको सेयर अहिले २७ सयमा झरिसकेको छ । बैंकको लगानी विशेषगरी तीन क्षेत्रमा पाइन्छ, घरजग्गा, गाडी र सेयर । सेयर धितो राखेर अर्बौ–खर्बौ कर्जा बैंकले प्रवाह गरेको छ । तर, अहिले मूल्य घट्दा बैंक संकटमा परेको छ । धितोको मूल्य लगातार घटेसँगै बैंकले पनि निक्षेपको ब्याज घटाइरहेको छ ।
अहिले त बचतको एकदेखि बढीमा तीन प्रतिशतमात्र ब्याज दिन्छन् बैंक । जबकी केही वर्षअघि ११ प्रतिशत बढी दिइन्थ्यो । अर्कोतर्फ, कर्जा प्रवाह पसिन ठप्प छ । बैंकसँग पैसा छ, तर ऋण माग्न आउन कोही छैन । ६ प्रतिशत ब्याजमा समेत कर्जा प्रवाह भइरहेको छैन । पैसा थुप्रिदा बैंकलाई झनै घाटा भइरहेको छ । कानूनमा स्पष्ट लेखिएको छ–हाइड्रोपावर कम्पनी दर्ता भएको मितिले ३० वर्ष पुगेपछि सरकारको स्वामित्वमा जान्छ ।
त्यसो त केही वर्षयता हाइड्रोपावर कम्पनीहरु प्नि घाटामा छन् । बाढी, डुबानलगायतले संरचना नै बगाएपनि खर्बौको क्षति पुगेको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सरकारी र निजीतर्फ गरी खर्बौको क्षति पुगेको छ । सरकारी सम्पत्तिको बीमा नगरिएपनि निजीको गरिएको थियो । यद्यपि, बीमा कम्पनीले रकम भुक्तानी गर्न सकेका छैनन् । खर्बौको क्षति भएको छ, त्यत्रो रकम ल्याउने पनि कहाँबाट ।
अनि रकम नपाएपछि बीमाप्रति मानिसहरुको विश्वास घट्न थालेको छ । यसले धेरैले बीमा नवीकरणसमेत गरेका छैनन् । अब मुख्य कुरा घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा राज्यले के पाएको छ । केही न केही । राज्यलाई कर छलिरहेको अवस्था छ । उदाहरणको लागि अहिले प्रतिकित्ता २७ सय ५० रुपैयाँमा सेयर बेचिएमा ५० रुपैयाँको मात्र राजस्व राज्यलाई आउँछ । तर, यही सेयर २६ सय ९० रुपैयाँमा बेचिए राज्यलाई कर तिर्नुपर्दैन ।
बाबुराम र युवराजले भनेझैं सेयर जुवा नै भएको अहिले पुष्टि हुँदैछ । सेयरमा बैंकको मात्र एक खर्ब ६७ अर्ब छ । व्यक्तिको पनि खर्बौ छ । ४५ सयमा सेयर २७ सयमा झरिसक्यो । अझै कति घट्ने हो । यसरी नै मूल्य घटेमा के होला ? बैंक, वित्तिय संस्थाको हालत के रहला ? अर्कोतर्फ, बैंक, वित्तिय संस्थाले नाफा कमाए त सेयर लगानीकर्तालाई बोनस दिने हो । नाफा नकमाएपछि त सेयर लगानीकर्तालाई बोनस पनि दिन सक्दैनन् । बोनस नपाएपछि उनीहरुले साथ छोडिहाल्छन् । तब बैंकमा ठूलो संकट आउनसक्छ ।
केही महिनाअघि सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो । सुनको गरगहना बनाउने ज्याला ४० हजार रुपैयाँ छ । चाँदी चाँहि तोलाको आठ हजार ६७० रुपैयाँ पुगेको थियो । ज्यालासहित दश हजार रुपैयाँ । तोलाकै चार लाख रुपैयाँमा सुन किनबेच हुँदा राज्यलाई केही पनि आउँदैन्थ्यो । चाँदीबाट पनि केही न केही । सरकारले सुनचाँदीलाई खुला छोडिदिएको छ ।
अर्थात् यसमा लगानी गरिएबापत कर तिर्नुपर्दैन । जसको फाइदा उठाइरहेको छ । भ्रष्टाचार गरिएको, राजस्व छलेको, गैरकानूनी रुपमा आर्जित रकमबाट सुन किनेर थुपार्ने क्रम जारी छ । सरकार पनि नियमन गर्दैन । अहिले कोसँग कति सुन छ ? त्यो सुन कुन पैसाबाट किनिएको हो ? सरकार खोजतलास गर्दैन । यसले सुन कालोधनलाई सेतोधन बनाउने राम्रो माध्यम बनिरहेको छ ।
त्यसो त वि.सं. २०२२ सालसम्म सुन प्रतितोला ८० रुपैयाँ रहेको बताइन्छ । त्यतिबेला चाँदी बिक्री नै नहुने बुढापाका बताउँछन् । तर, अहिले त हरेकसँग सुनचाँदी छ । यस्तै, घरजग्गा र गाडीमा पनि यस्तै छ । रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिनमा डोजर चलाई टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौंमा बेचियो ।
सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, तालपोखरी, इनार, मठमन्दिर, पाटीपौवा, टुकुवा, कुँवा, कुलो, खोलानाला, राजपरिवारलगायतका जग्गासमेत व्यक्तिका नाममा लगियो । गाडी फलाम, प्लास्टिक, रबर, कपडा, फर्मलगायतबाट बन्छ । यी वस्तु कवाडले दुई रुपैयाँ किलोमा लैजान्छन् । छिमेक भारत र चीनले यीनै वस्तुबाट गाडी बनाएर नेपाललाई लाखौं–करोडौं रकममा बेचे । अहिले यी क्षेत्रमा लगानी गर्नेहरु नराम्ररी डुबेका छन् ।
जीवनभरको कमाई बालुवामा पानी भएपछि कोहीले आत्महत्या गरिरहेका छन् त कतिपयले श्रीमती, छोराछोरीसमेत मारेका छन् । कोही चाँहि देश छोडेर भागेका छन् । कतिपय जेल जीवन काटिरहेका छन् । सोचविचार नगरी दलालीको लहैलहैमा लागेर गरिएको लगानीले कुन अवस्थामा पुर्याउँछ ? देखिँदैछ । यस्तो हुनुमा राज्य पनि जिम्मेवार छ । कानूनमा घरजग्गा, गाडी, सेयर, सुनलाई स्पष्ट रुपमा विलासित वस्तु भनिएको छ ।
तर, सरकारले यसमा लगानी गर्न कडाई गरेन । उल्टै प्रोत्साहन गर्यो । दलालीहरुले कृत्रिम मूल्य बढाएर सर्वसाधारणलाई लगानी गर्न उक्साए । मानिसहरुले बैंक, वित्तिय संस्थाबाट ऋण लिईलिई लगानी गरे । अहिले धितोको मूल्य स्वाट्टै घट्दा अनि बैंकको साँवाब्याज बढ्दा मानिसहरु निकै तनावमा छन् ।
धितो लिलाम गर त भनिसके । तर, बैंकले तीन पुस्ता कालोसूचीमा राखिदिन्छ । कालोसूचीमा पर्नेबित्तिकै बदनाम हुनुका साथै छोराछोरीको भविष्यसमेत अन्योलमा पर्छ । अनि कुनै बाटो नदेखेपछि ऋणीले आफ्नो वंश मास्नुका साथै आत्महत्या गर्छन् । घरजग्गा, गाडी, सेयरका कारण दलालीहरु त मालामाल भए तर धेरै जनता डुबे । अब भने सरकारको पनि यसतर्फ ध्यान जाओस् । यी क्षेत्रमा लगानी गर्न कडाई गरियोस् । जनता पनि होसियार हौं ।
रुषा थापा
भक्तपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- घरजग्गा, गाडी र सेयरः दलाली मालामाल, सर्वसाधारण र बैंक, वित्तिय संस्था चुर्लुम्म !
- मोरङको लेटाङस्थित शिवशक्ति बाबा धामः धार्मिक पर्यटनको हब बन्दै
- त्यो झापा: औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार
- महाधिवेशनमा होमियो रास्वपा, आज १५०० वडामा अधिवेशन
- आजको मौसम, कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
- आजको विनिमयदर, कतिमा हुँदैछ किनबेच ?
- सांकेतिक भाषामा हिमाल चिनाउँदै बहिरा ट्रेकिङ गाइड
- वडासचिव भण्डारीलाई धम्की दिने खड्का पक्राउ


ट्रेन्डिङ
खबरमुकाम






