काठमाडौं । सत्तारुढ प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ ६ बजे पार्टी मुख्यालय बनस्थलीमा बस्ने गरी बोलाएको हो ।
बैठकमा विभिन्न ६ एजेन्डामा छलफल हुने बताइएको छ । पार्टीको भेला, अधिवेशन विशेष तालिकाबारे बैठकमा छलफल हुने बताइएको छ ।
यस्तै, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने बताइएको छ ।
रास्वपाले जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरेको छ ।
यस्तै, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान र अन्य विषय पनि बैठकका एजेन्डा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







