काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सुदुरपश्चिम प्रदेश भेला आज धनगढीमा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गरेको हो ।
नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि पार्टी सभापति गगनकुमार थापा कार्यक्रमस्थलमा जाने भएका छन् । भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे भने शुक्रबार नै धनगढी पुगिसकेका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने तयारी गरेको हो ।
हिजो पत्रकार सम्मेलनमार्फत् सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका थिए ।
भेलाका लागि कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रदेश सभापति र नौवटै जिल्लाका सभापतिलाई सहभागी हुन पत्र पठाएका थिए । पत्रमा सुदूरपश्चिम प्रदेश समितिका तथा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू, प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेश सभामा रहेका सांसदहरू, सबै जिल्ला सभापति, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, पालिकामा विजयी भएका पार्टी सभापतिहरू, कैलाली जिल्लाका सबै पदाधिकारी, प्रतिनिधि सभा, क्षेत्रीय, प्रदेश तथा पालिका सभापतिहरूलाई आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







