काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले आजैदेखि लागू हुने गरी ग्यासको मूल्य बढाएको हो ।
शुक्रबारदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको जनाएको छ ।
समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।
निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जानकारी दिएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको उल्लेख छ ।
समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





