काठमाडौँ । नेवार समुदायले मनाउने "गठेमङ्गल" (नेवारी भाषामा गथामुगस्) आज इलाममा पनि मनाइएको छ । नेवारी समुदायमा गठेमङ्गललाई दुष्ट आत्मा, राक्षस, भूतप्रेत, महामारी, रोग र अराजकताविरुद्धको विजयको प्रतीक रुपमा मनाइने गरिएको छ । यो पर्व नकारात्मक शक्ति, भूतप्रेत तथा अनिष्ट शक्तिलाई भगाउने सांस्कृतिक परम्पराका रुपमा मान्ने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।
मानिसको आकृति जस्तै देखिने काठको पुत्लालाई भूतको पुत्लाको रुपमा बनाइन्छ र यसलाई घरअगाडि वा चोकमा राखिन्छ । नेवारी तान्त्रिक परम्पराअनुसार भूत भगाउने मन्त्र र विधिहरू गर्ने गरिएको इलाम नगरपालिका–५ का पूर्व वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताए ।
उक्त पुत्लालाई बेलुका टोलटोलमा डोर्याएर जलाइन्छ । यसरी जलाउँदा त्यो टोलबाट राक्षस, भूत, प्रेत हट्ने विश्वास रहेको श्रेष्ठको भनाइ छ । ‘प्राचीन कथा अनुसार समयमा एक राक्षस गठेमङ्गल थियो, जो मानिसहरूलाई दुःख दिन्थ्यो । स्थानीयवासीहरूले उसलाई तान्त्रिक विधिबाट भगाएर उसको पुत्ला बनाएर जलाए । त्यसैको सम्झनामा यो पर्व मनाइने गरेको हो,’ श्रेष्ठले भन्नुभयो ।
आज इलाम सदरमुकामसहित नगरपालिका-५ मा पनि नेवाः देय् दबू ले गठेमङ्गलको पुत्ला बनाई बजार परिक्रमो चोक बजारमा ठड्याएको छ । आज साँझ दोबाटोमा उक्त पुत्ला दहन गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






