काठमाडौं । पर्यटन प्रवर्धनमा टेवा पुर्याउन श्रमदान र चन्दा सहयोग सङ्कलन गरी स्थानीयले २७ किलोमिटर पदमार्ग बनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खयरवाराही ताल पुग्न स्थानीयवासीले पदमार्ग निर्माण गरेका हुन् । खयरवाराही तालनजिक प्रसिद्ध धार्मिक स्थल खयरभारानी थान रहेको छ । खयरवाराही ताल समुद्री सतहदेखि करिब चार हजार सात सय मिटर उचाइमा रहेको छ । पदमार्ग निर्माण गरेपछि खयरभारानी दर्शन गर्न जाने भक्तजन र पदयात्रीलाई सहज भएको छ ।
पाउद्वार गाउँदेखि सुरु हुने पदमार्गले पर्यटकीय स्थल खोप्रालेक हुँदै अन्नपूर्ण हिमालको फेँदीमा रहेको खयरवाराही तालसम्म निर्माण गरिएको छ । पदमार्ग सुन्दर र आकर्षक छ । पदमार्गमा अहिलेसम्म एक करोड ७० लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । आफन्तको सम्झना र स्मृतिमा गाउँलेले पदमार्ग, चौतारी र खानेपानीका धारा निर्माण गर्ने गरेका छन् । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा, खयरखोला हुँदै खयरवाराही ताल जोड्ने पदमार्ग, चौतारी निर्माण र खानेपानीको सुविधा विस्तार गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले बताउनुभयो । उहाँका अनुसार पाउद्वार र छिमेकी गाउँका तथा भक्तजनले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेका छन् ।
यो अवधिमा पदमार्ग र चौतारी निर्माण गर्न ६७ जनाभन्दा बढीले सहयोग गरेको उहाँले बताउनुभयो । सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उहाँले बताउनुभयो । पदमार्गमा पदयात्रा गर्दा हिमशृङ्खलाको सुन्दर दृश्य, पहाडी रमणीय भूगोल, वनजङ्गल र चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ । पाउद्वारदेखि खोप्रा हुँदै खयरवाराही ताल पुग्न दुई दिनसम्म पदयात्रा गर्नु पर्छ । पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल खोप्रा र खयरवाराही तालसम्मको पदयात्रा गर्न सहज भएको छ । स्थानीयको प्रयासबाट निर्माण भएको पदमार्ग उदाहरणीय भएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।
खयरवाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बली चढाउने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







