नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पु¥याउदै नेपाली मिडिया उद्योगलाई अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित बनाउन खेलेको योगदानको उच्च मूल्याकन गदै नेपालको प्रतिष्ठित मिडिया ग्रुप अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स् एलएलसीले बस्नेतलाई यो बर्षको ‘मिडिया लिडर अफ द इयर’ अवार्डबाट सम्मानित गर्ने घोषणा गरेको हो । बाईस्ट्रिम्स्का चेयरम्यान एड्रियन पोखरेलले अवार्ड प्रदान गर्ने घोषणा गरेका थिए । कम्पनीको आधिकारीक फेसबुक पेज र नमस्ते अमेरिका कार्यक्रमबाट उत्त घोषणा सार्वजनिक समेत गरिएको छ ।
‘नेपाली संचार क्षेत्र मात्रै नभई, अन्तराष्ट्रिय मिडिया लिर्डर बन्ने क्रममा समेत उनले अनुकरणीय मापदण्ड कायम गरे’ बाईस्ट्रिम्स् एलएलसीका चेयरम्यान एड्रियन पोखरेलले भने ‘पत्रकारितामा सत्य, नवीनता र जन–सेवाको मूल मर्मलाई आत्मसात गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी दृष्टिकोण दिएका छन । उनी नेपाली पत्रकारिताका लागि मात्र होइन, विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत बनिसके ।’
उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजहरूको प्रतिनिधि र नयाँ पुस्ताका पत्रकारहरु, व्यवस्थापनमा रहने सबैका लागि प्रेरणाको केन्द्रका रूपमा स्थापित भएको उनको भनाइ छ ।
बस्नेतले गरेको सत्यनिष्ठ पत्रकारिता, गहन अनुसन्धान र निर्भीक निर्णयहरूले हजारौँ पाठक तथा दर्शकहरूलाई जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरेको अध्यक्ष पोखरेलको भनाइ छ।
‘गाह्रो र चुनौतीपूर्ण परिस्थितिमा पनि सत्यको पक्षमा दृढतापूर्वक उभिने, आशा जगाउने र नेतृत्वमा मानवीय दृष्टिकोण प्रस्तुत गर्ने गुणले उहाँलाई यो सम्मानको लागि योग्य बनाएको हो’ पोखरेलले उल्लेख गरेका छन् । अवार्ड घोषणा गरिएको भिडियो सन्देशमा भनिएको छ ‘मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शितापूर्ण सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं । तपाईंले देखाएको मार्गले आजका मात्र होइन, भोलिका पत्रकारहरूलाई समेत प्रेरणा दिनेछ । तपाईंको योगदानले हामीमा आशा, सिर्जनशीलता र साहसको उज्यालो फैलाएको छ । अब तपाईंको यो यात्रा अझ प्रवल र प्रखर बनोस हाम्रो हार्दिक शुभकामना छ ।’ अमेरिकन कम्पनी बाईस्ट्रिम्स्ले हरेक बर्ष संसारभरका मिडियाका प्रभावशाली व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






