काठमाडौं। कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम ‘विराटनगर किङ्स’ले भी-चित्र आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त गरेको छ। यो स्ट्राटेजिक पार्टनरशिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शक वर्गसँग संलग्नता बढाउने र समग्र मार्केटिङ पहलहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। आफ्ना इनोभेटिभ स्ट्राटेजी र प्रमाणित ट्रयाक रेकर्डहरूका लागि परिचित भी-चित्र, डिजिटल मार्केटिङ, ब्रान्ड विकास, दर्शक संलग्नता र पीआर व्यवस्थापनमा सशक्त अनुभव राख्ने एक स्थापित मार्केटिङ एजेन्सी हो जसले अब विराटनगर किङ्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासहरूको जिम्मेवारी सम्हाल्ने छ।
“हामी भी-चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौं”, विराटनगर किङ्सका टिम मालिक वेङ्कटेश मुन्द्राले भने, “वहाँहरूको सिर्जनात्मक सोच र रणनीति हाम्रो दीर्घकालीन दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। यो सहकार्यले हाम्रो उपस्थिति थप मजबुत बनाउने र समर्थक तथा समुदायसँग हाम्रो सम्बन्धलाई थप गहिरो बनाउनेमा हामी विश्वस्त छौं।” भी-चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले भने, “विराटनगर किङ्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाउनु हाम्रो लागि गर्वको विषय हो। वहाँहरूको प्रतिबद्धता र जोश प्रेरणादायी छ, जसमा परम्परासँगको गहिरो सम्बन्ध पनि झल्किन्छ। हामी वहाँहरूको मौलिक पहिचानलाई उजागर गर्ने र रणनीतिक लक्ष्यहरू पूरा गर्न सघाउने सशक्त र प्रभावकारी क्याम्पेनहरू विकास गर्न तत्पर छौं।”
विराटनगर किङ्स र भी-चित्र बीचको यो साझेदारीले नेपाल प्रिमियर लिगको आगामी सिजनमा इनोभेटिभ क्याम्पेन र दर्शकसँग बलियो संलग्नताको नयाँ अध्याय सुरु गर्ने संकेत दिएको छ।
विराटनगर किंग्सको बारेमा
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो। बिराटनगर किंग्सको लक्ष्य स्थानीय प्रतिभा प्रदर्शन गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र प्रशंसकहरू र कम्युनिटीसँग संलग्न हुनु हो, जसले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







