काठमाडाैं । कोसी प्रदेशको राजधानी विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचीन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ । विराटनगर महानगरपालिका-१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । महाभारतकालीन इतिहाससंग जोडिएको विराट राजाको दरबार क्षेत्र संरक्षण गर्न तीनै तहका सरकारहरू लागि परिरहेका छन् । विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव र पाँच पाण्डव पत्नी द्रौपदी एक वर्षसम्म विराट राजाको दरबारमा गुप्त वास बसेको विश्वास गरिन्छ । यस क्रममा उनीहरूले आफ्नो भेस नै बदलेर राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ ।
विराटनगरको मुख्य बजारबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलग(अलग समयमा उत्खनन हुँदा थरथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन् । जसलाई संग्राहालय स्थापना गरेर संरक्षण गरिएको छ। विभिन्न क्षेत्रमा भेडियारी बस्ती वरिपरि उत्खनन गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन्, जसलाई आफ्नै किंवदन्ती तथा राजा विराटको गाथासंग गाँसेर पुरातत्वविदहरूले प्रमाणित गर्ने जमर्को गरेका छन्।
उत्खननका बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, सिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, डुङ्गाको पिर्का र शिवलिंग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमल किशोर यादवले संरक्षण गरेर राखेका छन्। जमिनको गर्भ गृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिङ्गो विराटनगर सहरकै कथा सुनाउने महत्त्वपूर्ण पुरातात्विक सामग्रीहरू कमल किशोरको सङ्ग्रहालयमा सुरक्षित छन् ।

विराटनगर महानगरपालिकाले भने यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विगत लामो समयदेखि कसरत गर्दै आएको जनाएको छ । विराट राजाको दरबार परिसरमा रहेको धरोहर पोखरी झन्डै १ करोड लागतमा निर्माण भइसकेको छ । विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुने गरी काम गरिरहेको महानगर प्रमुख नागेश कोइराला बताउँछन् ।
ऐतिहासिक र पुरातात्विक सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो । आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो । यसैले यहाँ जमिनमुनि पुरिएर रहेका मन्दिर र दरबार उत्खनन गरी जीर्णोद्धार बनाएर जीवित उदाहरण बनाएमा समृद्ध मुलुकको अभियानलाई सार्थकता तुल्याउन सकिन्छ । यस क्षेत्रको विकासका लागि राज्य मात्र नभएर गैर(सरकारी संस्था, धार्मिक संघ(संस्थाहरूको पनि उत्तिकै भूमिका हुनसक्छ ।
मुकाम, कोशी प्रदेश भ्रमण वर्ष २०८२ विशेषाङ्कबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







