काठमाडौं । नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ । खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टिम छनोट गरिएको बताएको हो ।
सन् २०२४ को आईटीएफको शीर्ष २ हजारभित्र रहेकाले बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्कालाई टिममा समावेश गरिएको उल्लेख गर्दै संघले सन् २०२५ मा अभिषेकले पर्याप्त आईटीएफमा प्रतिस्पर्धा नगरेकाले उनको वरियता घटेको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेको उल्लेख गरेको छ । त्यसपछि अभिषेकलाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुने अवसर दिएपनि उनले गुआममा आयोजना आईटीएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेको संघको दाबी छ ।
‘संघले २०२५ अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनीक गरिसकेको थियो र आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएका कारण मिति परिवर्तन सम्भव थिएन ।’ टेनिस संघले बिज्ञप्तिमार्फत भनेको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन ।’ ‘अभिषेक बास्तोलाले यो निर्णयबाट असन्तुष्ट हुनु स्वभाविक भएपनि नेपाल टेनिस संघले स्थापित नियमअनुसार पारदर्शी ढंगले निर्णय गरेको थियो । जुन हामी दृढतापूर्वक दोहोर्याउँछौं ।’ संघले भनेको छ ।
अभिषेकले संघविरुद्ध सामाजिक सञ्जालमा गलत आरोप लगाउने बाटो रोजेको उल्लेख गर्दै संघले आफुहरु सधै निष्पक्ष, पारदर्शी र योग्यता आधारित चयन प्रक्रिया अपनाउने प्रतिबद्धता सहित अगाडि बढ्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







