काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना तथा केन्द्रीय अतिरिक्त क्रियाकलाप विभागको व्यवस्थापनमा २१२औं भानु जयन्ती–२०८२ तथा शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा “स्रष्टा सम्मान तथा उपत्यकाव्यापी संगठक कविता प्रतियोगिता कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षता तथा नेकपा (एमाले) का उपमहासचिव, पोलिटब्युरो सदस्य एवं प्रख्यात साहित्यकार प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा निर्णायक मण्डल, सम्मानित स्रष्टा, अतिथि कविहरू, संगठनका विभिन्न तहका पदाधिकारी, विभिन्न प्रदेशका इञ्चार्ज तथा सह-इञ्चार्ज, आयोगका संयोजक र सदस्यहरू, जिल्ला तथा विभागीय प्रतिनिधिहरू, कविता वाचन प्रतियोगीहरू तथा बालकवि एवं गायक परिधि खतिवडासहित उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संगठनका महासचिव रामचन्द्र अधिकारीले गरेका थिए भने केन्द्रीय अतिरिक्त विभागकी संयोजक कमला दाहालले अतिथिहरूलाई स्वागत गरेका थिए।
दीर्घकालीन साहित्य साधनाका प्रतीक ९५ वर्षीय पूर्व प्रशासक तथा वरिष्ठ साहित्यकार महेश्वर शर्मा, पूर्व मन्त्री तथा साहित्यकार शान्ता मानवी र पूर्व प्रशासक तथा वरिष्ठ साहित्यकार प्रतिक ढकाललाई कार्यक्रममा दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको थियो। संगठनले यस्ता स्रष्टाहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्दै “स्रष्टा सम्मान” अर्पण गरेको हो।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक संगठक कविता वाचन प्रतियोगिता थियो, जसमा प्राप्त ३१ कवितामध्ये छनोट गरिएका १५ कविताको सार्वजनिक वाचन गरियो। प्रतियोगितामा अञ्जु न्यौपाने प्रथम, गोविन्द द्वितीय र निरज दाहाल तृतीय भएका छन्। उनीहरूलाई क्रमशः रु. ९,०००, ६,००० र ३,००० नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो। प्रतियोगिताको मूल्यांकन प्रा. डा. देवी नेपाल, प्राज्ञ नर्मदेश्वरी सत्याल, डा. रमेश शुभेच्छु र कवि गणेश घिमिरेजस्ता प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूले गरेका थिए, जसले प्रतियोगितालाई थप मर्यादित र विश्वसनीय बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा डा. विधान आचार्य, शुशीला प्रधानाङ्ग, जिवनाथ अधिकारी र डम्बर घिमिरेजस्ता अतिथि कविहरूको विशेष उपस्थिति रह्यो। उनीहरूले सुनाएका भावनात्मक र सामाजिक चेतना जगाउने कविताले सम्पूर्ण वातावरणलाई सिर्जनात्मक ऊर्जा दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।
कार्यक्रमले निजामती कर्मचारीहरूमा साहित्यिक अभिरुचि, सिर्जनशीलता र संगठनात्मक एकता मजबुत बनाएको सहभागिहरूको धारणा रहेको छ। नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवकहरूको आन्तरिक प्रतिभा उजागर गर्दै साहित्यिक गतिविधिमार्फत संगठन निर्माणमा अभिनव उदाहरण प्रस्तुत गरेको देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







