काठमाडाै । हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ। पहिलो चरणको छात्रवृत्ति परीक्षा सम्पन्न भइसकेको छ, जहाँ धेरै विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्। अब दोस्रो चरण अन्तर्गत हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ। उक्त छात्रवृत्तिमा सहभागी विद्यार्थीहरूले २०% देखि १००% सम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। छनोटको आधारमा Confidence Level, सामान्य परीक्षा (Normal Test), अभिव्यक्ति शैली लगायतका पक्षहरूको मूल्याङ्कन गरिनेछ।

व्यावसायिक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापित यस कलेजमा Management, Hotel Management तथा Computer Science जस्ता विषयहरूमा विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय आकर्षण देखिएको छ। पहिलो चरणमा छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरूको संख्या नै कलेजप्रतिको विश्वास र गुणस्तरको प्रमाण हो। कलेजले SEE परीक्षा दिएर भविष्य निर्माणको बाटो खोजिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै, गुणस्तरीय शिक्षा र रोजगारी–उद्यम सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अगाडि बढाएको जनाएको छ।
एकपटक कलेजमा आएर सम्पूर्ण प्रक्रिया बुझ्न सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अनुरोध गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







