टिकापुर, कैलाली । नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सुदूर युवा ईको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिट १ सय ५० जना युवाको सहभागिता रहेको थियो । टिकापुर सम्पन्न भएको ईको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले जानकारी दिए । समिटको स्थानीय साँझेदार संस्था वन तथा कृषि विश्वविद्यालय फोर एच शाखा र सुदूरपश्चिम विश्वविद्यालय फोर एच शाखा रहेको थियो ।
सुदूरपश्चिमका नौ ओटै जिल्लालाई जनाउने गरी नौबुंदे टिकापुर घोषणा पत्रजारी गरिएको जनाइएको छ । उक्त घोषणा पत्रमा ५ बुंदे प्रतिबद्धतापनि समावेश गरिएको छ । घोषणा पत्रमा सुदूरपश्चिम सरकारले स्थानीय भाषामा जलवायुकी कुरेणी जस्ता सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने, ८८ आटै स्थानीय तह तथा सुदूरपश्चिम सरकारले जलवायुमैत्री नीति निर्माण गर्नु पर्ने तथा युवाको अगुवाई जलवायु संवादको थालनी गर्नु पर्ने माग राखिएको छ ।
जलवायु परिवर्तनले सुदूरपश्चिम अरु प्रदेश भन्दा बढी प्रभावित र जोखिममा रहेकाले केन्द्रीय सरकारले पर्यावरण संरक्षण्का लागि विशेष नीति बनाई दिगो कार्यक्रम तय गर्नुपर्ने कुरा घोषणा पत्रमा राखिएको छ । जलवायु परिवर्तनले उमेरको हिसावले अरुभन्दा बालबलिका र युवालाई दिर्घकालिन असर बढी पर्ने भएकाले बालबालिका तथा युवालाई जलवायु न्याय दिनु पर्ने माग समेत गरेका छन् ।
आधुनिक तथा व्यावसयिक कृषिका नाममा सरकारले ल्याएका नीति तथा कार्यक्रमले नेपाली मौलिक कृषि प्रणाली तथा उत्पादनमा कमी आएकाले स्थानीय तह तथा प्रदेश सरकारले यसको संरक्षण तथा प्रबद्र्धनका लागि प्रभावकारी कार्यक्रम लागू गर्नु पर्ने कुरा पनि राखिएको छ । घोषणा पत्रमा रैथाने कृषि प्रणालीलाई स्मार्ट कृषि प्रविधिमा विकास गर्नु पर्ने, नेपाली रैथाने खाना तथा खाद्य प्रविधिको संरक्षण गरी व्यवसायिकमा जोड दिनु पर्ने विषय पनि राखिएको छ ।
५ बुंदे प्रबद्धता पत्रमा युवाहरुले आफूहरु जलवायुप्रति सचेत तथा जागरुक रहने, आफ्ना कृयाकलाप जलवायुमौत्री बनाउने र आफूहरु पर्यावरणलाई हानीनोक्सानी हुने कृयाकलाप नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आफ्नो अगुवाईमा समुदाय, स्थानीय तह तथा युवाहरुका माँझ जलवायु संवाद गर्ने, स्थानीय सरकारसँग जलवायुमैत्री नीति निर्माणका लागि पैरबी गर्ने तथा रैथाने कृषि प्रबद्र्धनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सदूर युथ इको समिटको उद्घाटन शत्रको अध्यक्षता फोर एच नेपालका अध्यक्ष बिष्णु प्रसाद बेल्वासेले गरेका थिए । उद्घाटनशत्रमा प्रमुख अतिथि एशियाका फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थी, विशिष्ट अतिथिमा सुदूरपश्चिम सरकारका राजनीतिक सल्लाहकार जितु उपाध्याय, फोर एच नेपालका केन्द्रीय सदस्य सनत कुमार रेग्मी लगायतका अतिथिहरुको उपस्थिति रहेका थियो ।
समिटमा नेपालमा कृषि र जलवायुको सम्बन्ध, जलवायु परिवर्तन र युवाको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए । समिटमा युवा कचहरी तथा स्थानीय कलासंस्कृति झल्काउने सांस्कृति कार्यक्रम लगायतका गतिविधिहरु संचालन गरिएका थिए ।
फोर एच नेपालका केन्द्रीय सदस्य सनत कुमार रेग्मीका टिकापुर घोषणा पत्र सुदूरपश्चिमका लागि ८८ ओटै पालिकालाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए । उक्त घोषणा पत्र सुदूरपश्चिम प्रदेश सरकार, संघीय सरकार लगायतका निकायलाई हस्तान्तरण गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






