काठमाडाै । हकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (EV) मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवाप्रदान गर्ने लक्ष्य राखेको छ।
यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन्जसले धेरै संख्याका गाडीहरूलाई एकैपटकसजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन्। एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन्। यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीनपुग्नेछ।
आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ।यी नयाँ सर्भिस सेन्टरहरू आगामी३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेअपेक्षा गरिएको छजसले नेपालको ईभी सेवा क्षेत्रमानयाँ बेन्चमार्क स्थापित गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






