काठमाडाै । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गरेको छ । बैंकले शिक्षालाई प्रोतसाहन दिँदै सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बटालागाँउ, पूिर्वचौकी गाँउ पालिका वडा नं. ५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्राहरुलाई विद्यालय पोषाक उपलब्ध गराएको छ । यस कार्यक्रमले विद्यार्थीहरुमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकरात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश बिरेन्द्र नगर –०४, सुर्खेत स्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोग स्वरुप १० थान व्हीलचेयरहरु प्रदान गरेको छ, जसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र जेष्ठ नागरिकहरुलाई सहज हुने अपेक्षा बैंकले लिएको छ ।
साथै, कोशी प्रदेश स्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उदेश्यले ७ थान तीन सिटर कुर्सीहरु हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रहरुमा निरन्तर सकरात्मक योगदान पुराउँदै आइरहेको छ । आगामी दिनहरुमा समेत यस किसिमका गतिविधिहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






